भानु १२ आहालेको मन्दिर पुनर्निर्माणका लागि अधिकारी बन्धुहरुद्वारा २ लाख सहयोग

  • ख-
  • ख+

तनहूँ । तनहूँको भानु नगरपालिका वडा नं १२ आहालेमा रहेको श्री सिद्देश्वर महादेव मन्दिर पुनर्निर्माणका लागि उक्त स्थान निवासी अधिकारी बन्धुहरुले २ लाख रुपैया आर्थिक सहयोग गर्नुभएको छ । मन्दिर जिर्ण अवस्थामा रहेको हुँदा उक्त मन्दिरलाई भत्काएर पुन: नयाँ निर्माण कार्य गर्न पर्ने भएकोले मन्दिर निर्माण जस्तो पवित्र कार्यमा रकम अपुग हुने देखिएपछी रकम सहयोग गर्न लागेको उहाँहरुले बताउनुभएको छ । आर्थिक सहयोग गर्ने दाताहरुमा सिरानघर निवासी डिठ्ठा परिवार कृष्ण बहादुर अधिकारी , गंगा बहादुर अधिकारी , दुर्गा बहादुर (रामजी ) अधिकारी , शिवहरी अधिकारी , हरिबहादुर अधिकारी लगाएतको परिवार रहनुभएको छ । आफ्नो तर्फबाट भएको सहयोगले मन्दिरको पुनर्निर्माण हुने उहाँहरुले आशा व्यक्त गर्नुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्