दमौली संगम क्लवद्धारा वेदब्यास ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग

  • ख-
  • ख+

२९ मंसिर । तनहूँ । दमौली संगम क्लबले ब्यास नगरपालिका वडा नं. ५ चापाघाटको वेदब्यास ज्येष्ठ नागरिक आश्रमलाई १० हजार रुपैया र डस्विन सहयोग गरेको छ । क्लबका अध्यक्ष नरेन्द्र राज वाग्लेले नगद रुपैया र डस्टविन हस्तान्तरण गर्नुभएको हो । उक्त अवसरमा क्लवका अध्यक्ष वाग्लेले वेदब्यास ज्येष्ठ नागरिक आश्रमले जेष्ठ नागरिरकहरुलाई गरेको सेवा निकै उत्कृष्ट रहेको र क्लबले पनि सधै सहयोग प्रतिवद्धता पनि जनाउनुभएको थियो ।
कार्यक्रममा आश्रमकी कार्यबाहक अध्यक्ष शकुन्तला आलेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
उक्त सहयोग हस्तान्तरण कार्यक्रममा दमौली संगम क्लबकी सचिव गीता हमाल, कोषाध्यक्ष विष्णु माया खत्री लगाएतको सहभागी रहेको थियो ।
कार्यक्रम वेदब्यास ज्येष्ठ नागरिक आश्रमकी सचिव निर्मला मल्लले कार्यक्रम संचालन गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्