तनहुँ । व्यास नगरपालिका वडा नंं १३ निवासी ब्लड क्यान्सर पिडित श्रीकृष्ण बि. क. लाई अविनाश पन्थको अभियानद्वारा १९ हजार ८ सय रुपैया सहयोग गरेको छ । आर्थिक अवस्था कमजोर रहेका बि. क. को उपचारमा सहयोग पुर्याउने उद्देश्यले पन्थको नेतृत्वमा उक्त सहयोग संकलन गरिएको हो। ब्लड क्यान्सर पिडित बि.क. लाई सहयोग जुटाएर उक्त रकम हस्तान्तरण गर्न पाउदाँ आफुलाई खुशी लागेको पन्थले बताएका छन् । सामाजिक कार्यमा सक्रिय पन्थले यसअघि पनि विभिन्न विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरणजस्ता सहयोगी कार्यहरू गरेका थिए।













