नेपाली कांग्रेस व्यास नगर सभापतिमा युवा नेता सरोज भण्डारीले उम्मेदवारी घोषणा गरेका छन्।
भण्डारीले आज औपचारिक रूपमा व्यास नगर सभापति पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। उम्मेदवारी घोषणा गरेसँगै उनले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकसँगको भेटघाटलाई तीव्रता दिएका छन्।
भण्डारी व्यास नगरपालिका–४ का वडा सदस्यसमेत हुन्। युवा नेतृत्वलाई प्राथमिकता दिँदै पार्टी संगठनलाई थप सक्रिय र प्रभावकारी बनाउने उद्देश्यसहित आफूले उम्मेदवारी दिएको उनले बताएका छन्।
नगर सभापतिको उम्मेदवारी घोषणा गरेपछि भण्डारीले विभिन्न वडा तथा पार्टीका नेता–कार्यकर्तासँग छलफल र भेटघाटलाई अगाडि बढाएका छन्। आगामी नगर अधिवेशनलाई लक्षित गर्दै उनले आफ्नो पक्षमा समर्थन जुटाउने अभियानलाई समेत तीव्र बनाएका छन्









