तनहुँ । आबुखैरेनी गाउँपालिका वडा नं १ सत्रसय फाँटको मित्रता माध्यमिक विद्यालय सालमा २०४८ सालमा एसएलसी परीक्षामा सहभागी भएका विद्यार्थीहरूको समूह ‘मित्रता माध्यमिक विद्यालय २०४८ ब्याच’ ले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि रु. १५,१९१ सहयोग गरेको छ।
समूहले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा नगद जम्मा गरेको हो। विपद्को समयमा बाढीपीडितको राहतका लागि सहयोग गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गरेको समूहले जनाएको छ।
‘मित्रता माध्यमिक विद्यालय २०४८ ब्याच’ले यसअघि पनि सामाजिक तथा शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको छ। समूहले अक्षय कोष स्थापना गरी प्रत्येक वर्ष मित्रता माध्यमिक विद्यालयको समन्वयमा छनोट गरिएका विद्यार्थीलाई छात्रवृत्तिस्वरूप नगद वा शैक्षिक सामग्री प्रदान गर्दै आएको छ।
विपद्को घडीमा सहयोगको हात बढाएको भन्दै समूहप्रति धन्यवाद व्यक्त गरिएको छ। सामाजिक सेवासँगै शिक्षा क्षेत्रमा समेत निरन्तर योगदान पुर्याउँदै आएको २०४८ ब्याचको यो सहयोगले विपद्पीडितप्रति समुदायको ऐक्यबद्धता र मानवीय भावना थप उजागर गरेको छ।










