तनहुँ । व्यास नगरपालिका–१ करङकाठस्थितसामुदायिक टोल विकास संस्था र सामुदायिक आमासमूहले बाढीपीडितको राहततथा उद्धारका लागि ६३ हजार१५ रुपैयाँ सहयोग गरेका छन्।
संस्थाका अध्यक्ष सोमनाथ पौडेलले सहयोग रकमप्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएकोजानकारी दिनुभयो।सामुदायिक आमा समूहकी अध्यक्षजौमाया रायमाझीले टोल विकास संस्था र आमा समूहकोसंयुक्त पहलमा उक्त रकम सहयोग गरिएको बताउनुभयो।
बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको राहतर उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदानगरिएको हो।














