तनहुँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ क्षेत्र नं. १ बाट जनजातितर्फ क्षेत्रीय प्रतिनिधि गोविन्दकुमार श्रेष्ठ (शिव) ले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन्।

पार्टीमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै आएका श्रेष्ठ सामाजिक सेवामा समेत सक्रिय व्यक्तित्वका रूपमा परिचित छन्। सरल, शालीन र मिलनसार स्वभावका श्रेष्ठ सबैसँग सहज रूपमा घुलमिल हुन सक्ने व्यक्तिका रूपमा चिनिन्छन्।

समाजसेवामा समेत निरन्तर सक्रिय श्रेष्ठले पार्टी संगठनलाई बलियो बनाउँदै कार्यकर्ताबीचको सम्बन्धलाई थप सुदृढ बनाउन आफूले उम्मेदवारी दिएको बताएका छन्। पार्टीका विभिन्न गतिविधि तथा संगठन निर्माणका काममा निरन्तर सक्रिय रहँदै आएका श्रेष्ठले जनजाति समुदायको प्रतिनिधित्व गर्दै महाधिवेशनमा आफ्नो भूमिका निर्वाह गर्ने बताएका छन्।

श्रेष्ठको उम्मेदवारीसँगै तनहुँ क्षेत्र नं. १ मा जनजातितर्फको महाधिवेशन प्रतिनिधि चयनलाई चासोका साथ हेरिएको छ। लामो समयदेखि पार्टीमा सक्रिय रहेका श्रेष्ठले आफूलाई सहयोग गर्न क्षेत्रीय प्रतिनिधिहरूसँग आग्रह गरेका छन्।