दमौली । तनहुँको व्यास नगरपालिका–१०, डिहीगाउँस्थित अनन्त बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारणसभा आज (कार्तिक १४ गते सम्पन्न भएको छ।
सहकारी संस्थाले व्यास नगरपालिका–१० स्थित शान्तिनगर डिहीगाउँ सामुदायिक भवनमा साधारणसभा सम्मान भएको हो।
संस्थाका अध्यक्ष रामजीप्रसाद तिमल्सेनाको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि स्थानिय शैक्षिक व्यक्तित्व बिष्णु प्रसाद अधिकारीले गरेका थिए ।
२०६६ सालमा स्थापना भएको संस्थाले साधारणसभामार्फत संस्थाको वार्षिक गतिविधि, आर्थिक अवस्था तथा आगामी कार्ययोजना लगायतका विषयमा छलफल गर्ने अवसरका रूपमा लिएको छ।
करिब ६ सय जना सेयर सदस्य भएको संस्थाको साधारणसभामा सेयर सदस्य, टोल विकास संस्थाका प्रतिनिधि ,आमा समुहका प्रतिनिधि , सहित स्थानिय बुद्दिजिवि तथा भद्र भलाद्मीहरुको उपस्थिति रहेको थियो ।
यस क्षेत्रमा राम्रो पहिचान बनाउदै, बचत तथा ऋणमा सहित स्थानियलाई सहज सेवार सुविधा दिएको अनन्त सहकारीले आउदा दिनमा अझै सहित सहित सहित स्थानिय लक्षित कार्यक्रम ल्याउने उक्त अवसरमा बताईएको थियो ।









