काठमाडौं । तनहुँ काठमाडौं पश्चिम भेगीय समाजको जेष्ठ नागरिक सम्मान, आजीवन सदस्यता प्रमाणपत्र वितरण तथा प्रथम साधारणसभा भव्य र सभ्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा समाजका जेष्ठ नागरिकहरूलाई सम्मान गर्नुका साथै आजीवन सदस्यहरूलाई सदस्यताको प्रमाणपत्र वितरण गरिएको थियो। सो अवसरमा संस्थाको आगामी कार्यदिशा तथा सांगठनिक गतिविधिबारे समेत छलफल गरिएको थियो।

कार्यक्रममा निर्वाचन समितिको संयोजकको जिम्मेवारी निर्वाह गरेका [नाम] ले कार्यक्रम सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने सम्पूर्ण आयोजक समिति तथा साथीहरूलाई बधाई तथा धन्यवाद व्यक्त गरेका छन्।

उनले आफूलाई विश्वास गरी निर्वाचन समितिको संयोजकको जिम्मेवारी प्रदान गरेकोमा समाजका सम्पूर्ण सदस्यहरूप्रति आभार व्यक्त गर्दै प्रथम साधारणसभाबाट निर्विरोध चयन भएका सम्पूर्ण नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे।

नवनिर्वाचित कार्यसमितिको कार्यकालमा संस्थाले अझ उचाइ प्राप्त गर्दै तनहुँ काठमाडौं पश्चिम भेगका नागरिकबीच आपसी एकता, सहकार्य र सामाजिक सेवाका क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास उनले व्यक्त गरे।

समाजलाई आगामी दिनमा थप व्यवस्थित र प्रभावकारी रूपमा अगाडि बढाउन आफ्नो तर्फबाट हुन सक्ने सबै प्रकारका सहयोग उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको समेत उनले बताए।

कार्यक्रममा समाजका सदस्य, जेष्ठ नागरिक, आजीवन सदस्य तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।