तनहुँ । घारी तालवेसी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले आफ्नो ४४औँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ।

समितिले सार्वजनिक गरेको सूचनाअनुसार साधारणसभा २०८३ साल असोज १८ गते आइतबार आयोजना हुनेछ। साधारणसभा शुक्लागण्डकी नगरपालिका–९ स्थित डुम्रीकुना टोल विकास संस्थाको भवनमा हुने जनाइएको छ।

वि.सं. २०३९ सालमा स्थापना भएको घारी तालवेसी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानी तथा सरसफाइसम्बन्धी सेवा प्रवाह गर्दै आएको छ।

वार्षिक साधारणसभामा समितिको वार्षिक प्रगति, आर्थिक गतिविधि तथा आगामी कार्ययोजनालगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। समितिले साधारणसभामा सम्बन्धित उपभोक्ता तथा सरोकारवालाको सहभागिताका लागि आग्रह गरेको छ।