श्रेष्ठको स्मृति दिवसमा प्रतिष्ठान स्थापनाको तयारी

  • ख-
  • ख+

तनहूँ । भिमाद क्षेत्रका अग्रज सामाजिक व्यक्तित्व कृष्णकुमार श्रेष्ठको स्मृतिमा प्रतिष्ठानको तयारी गरिएको छ । भिमाद क्षेत्रमा बसेर लामो समयदेखि व्यापार, समाजसेवा र राजनीति मार्फत समाजमा अमुल्य योगदान दिनुभएका ७४ बर्षिय श्रेष्ठको कोरोना महामारीको समयमा उक्त रोगबाट पिडित भई गत असोज २४ गते शनिवार बि एण्ड बि अस्पताल काठमाडौंमा उपचारको क्रममा स्वर्गारोहण भएको थियोे । उक्त महामारीको समयमा वहाँका पिता ९८ बर्षिय धर्मकुमार श्रेष्ठ , वहाँका साँहिला भाई ७१ बर्षिय बिष्णु कुमार श्रेष्ठको पनि स्वर्गारोहण भएको थियोे । दिनदु: खी, गरिब, असहायहरुको लागि बिशेष सहयोग गरिरहने स्वर्गीय श्रेष्ठको स्वभाव रहेको कारण निजको स्वर्गारोहण भएको ६ महिनाको पुण्य तिथिमा प्रतिष्ठान स्थापना गर्न लागिएको वहाँको पारिवारिक श्रोतले बताएको छ । कृष्णकुमार श्रेष्ठले कम्युनिस्ट पार्टीको अभिभावक भई , जिल्ला विकास समिति तनहूँको सदस्य भई सिङ्गो जिल्लालाई बिर्सन नसक्ने गुण लगाएको हुनाले वहाँको योगदानलाई सबैले सम्झिरहने र गठन हुुन लागेको प्रतिष्ठानले त्यसलाई अजर अमर बनाउने वहाँ सग काम गरेका युवा पुस्ताहरुको भनाई रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्