तनहूँ उद्योग वाणिज्य संघ डुम्रे वजार इकाईको २३ औं साधारण सभा एवं ११ औं अधिवेशन शुरु

  • ख-
  • ख+

आईतवार नयाँ कार्यसमिति सर्वसम्मत चयन हुने व्यवसायीहरुको बिश्वास

तनहूँ । तनहूँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाईको २३ औं साधारण सभा एवं ११ औं अधिवेशन तथा बजार इकाईको नवनिर्मित भवनको शनिवार एक कार्यक्रमका बिच तनहूँ उद्योग बाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठले उद्घाटन गर्नुभयो । उक्त कार्यक्रमको उद्घाटन गर्दै वहाँले आफु अध्यक्ष भएको आजको समयमा व्यवसायीको लागि भरमग्दुर काम गरेको र सर्वसम्मतिमा आउदो कार्यसमिति चयन होस् भन्ने चाहना राखेको बताउनुभएको थियो । कार्यक्रममा तनहूँ उद्योग बाणिज्य संघका पूर्व अध्यक्षहरु धनश्याम देवान श्रेष्ठ , अशोककुमार श्रेष्ठ, शंकरलाल राजभण्डारीले पनि मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा मन्तव्य राख्दै पुर्व अध्यक्ष घनाश्याम श्रेष्ठले सर्वसम्मत तरिकाबाट सबै पक्षलाई समेटेर बजार ईकाईका साथै जिल्लामा पनि चयन गर्नुपर्ने बताउनुभएको थियो । उक्त अवसरमा वहाँले आफु र तनहूँ उद्योग बाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठले पहल गरेर डुम्रे वजार इकाईमा सर्वसम्मत गराएर जिल्लामा नमुना पेश गर्न लागेको बताउनुभएको थियो ।
तनहूँ उद्योग बाणिज्य संघ डुम्रे वजार इकाईका अध्यक्ष नेक महम्मद मियाँको सभापतित्वमा भएको कार्यक्रममा बन्दिपुर गाउँपालिका वडा नं. १ का अध्यक्ष भानुभक्त पोखरेल, तनहूँ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष बैकुठनाथ मिश्र, महासचिव ईमकुमार मल्ल, जिल्ला सदस्यहरु कुमार मल्ल, शुरेश पुरी, आमन्त्रित जिल्ला सदस्य पविन्द्र कुमार श्रेष्ठ, तनहूँ उद्योग बाणिज्य संघ महिला उद्यमी सभापति राधिका परियार, तनहूँ उद्योग बाणिज्य संघ डुम्रे बजार ईकाईका पूर्व सभापतिहरु राधेश्याम प्रभान , सुवोध अधिकारी, तनहूँ उद्योग बाणिज्य संघ डुम्रे बजार ईकाईका पूर्व सभापति एवं जिल्ला प्रतिनिधि राजेन्द्र पिया लगायतका उद्योगी व्यापारीहरुको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै अतिथिहरुले सर्वसम्मत प्रतिनिधि चयन गरेर डुम्रे बजार ईकाईले उदाहरण पेश गर्नु पर्ने बताउनुभएको थियो । डुम्रे बजार ईकाईको नयाँ कार्यै समिति चयन गर्न आयोजित ११ औं अधिवेशनको भोलीको कार्यक्रमम अनुसार नयाँ कार्य समिति चयन हुने बताईएको छ ।
इकाईका उपसभापति राजेश श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा डुम्रे वजार ईकाईका सचिव राम जोशीले संचालन गर्नुभएको थियो ।

उक्त अवसरमा भवन निर्माणमा सहयोग गर्नुहुने दाताहरु, तनहूँ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष, तनहूँ उद्योग बाणिज्य संघ डुम्रे वजार ईकाईका बर्तमान पदाधिकारीहरुलाई माला तथा प्रमाण पत्र प्रदान गरि सम्मान गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्