नेपालमा एकैदिन २३५१ कोरोना संक्रमित भेटिएः सबैभन्दा धेरै काठमाण्डौमा

  • ख-
  • ख+


आरजु पौडेल । काठमाडौं । नेपालमा एकैदिन २ हजार ३५१ जनामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित भेटिएको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ३५१ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ८ हजार ८८४ नमुनाको पीसीआर परीक्षण गर्दा पछिल्लो २४ घण्टामा थप २२२० र ८०३ एन्टिजेन टेष्ट गर्दा १३१ जनामा संक्रमित भेटिएको हो ।
ति मध्ये सबैभन्दा धेरै १ हजार ५१ जना काठमाडौं उपत्यकाका हुनुहुन्छ । । जसमध्ये काठमाडौं जिल्लाका ७ सय ८६, ललितपुर जिल्लाका १ सय ८१ र भक्तपुर जिल्लाका ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्