मधुमेहको लक्षण, बच्ने उपाय र उपचार

सर्वज्योति
  • ख-
  • ख+

जीवनशैली, खानपान र वंशाणगत कारण आजकाल मधुमेहका रोगी विश्वभर बढिरहेका छन् । वृद्धवृद्धा मात्र नभई युवा तथा बालबालिका समेत मधुमेहको सिकार भइरहेका छन् ।

रगतमा चिनीको मात्रा बढ्नुका साथै इन्सुलिनले राम्रोसँग काम नगर्दा यो रोग लाग्ने गर्छ । यसलाई बेवास्ता गरियो भने शरीरका अन्य अङ्गहरू निष्क्रिय हुन सक्छन् ।

लक्षण

-मुख सुक्खा हुने ।
-एकदमै तिर्खा लाग्ने ।
-धेरै पिसाब लाग्ने ।
-गलेको महसुस हुने ।
-खाना बढी रुच्ने ।
-खुट्टा पोल्ने ।
-खुट्टा झमझमाउने ।
-आँखा धमिलो हुने, स्पष्ट नदेख्ने ।
-कुनै पनि घाउ निको हुन गाह्रो हुने ।
-मुख र घाँटीभित्र बारम्बार घाउ भइरहने ।
-धेरै थाकेको महसुस हुनु ।
-अचानक तौल घट्नु ।
-प्राइभेट पार्ट वरिपरि चिलाउनु ।
-ढिलो घाउ निको हुनु ।
-पिसाब फेरेको ठाउँमा कमिला लाग्ने आदि ।

बच्ने उपाय

मधुमेह एक गम्भीर रोग हो, जसले जीवनभर समस्या निम्त्याउन सक्छ । मधुमेहबाट पीडित व्यक्तिले स्वास्थ्यसँग सम्बन्धित धेरै समस्याको सामना गर्नुपर्ने हुन सक्छ । तर, निम्न सावधानी अपनाएमा मधुमेहबाट बच्न सकिन्छ ।

-मिठाइ तथा गुलियो खानेकुरा कम खानुस् ।
-चिनी र कार्बोहाइड्रेटयुक्त खानेकुरा कम खानुस् ।
-सक्रिय रहने, नियमित व्यायाम गर्ने, बिहान र बेलुका हिँडडुल गर्नुस् ।
-पानी धेरै पिउनुस् ।
-मिठो सर्बत र सोडा पेय पदार्थ कम पिउनुस्, सकेसम्म नपिउनुस् ।
-आइसक्रिम र क्यान्डी नखानुस् ।
-तौल घटाउनुस् र यसलाई नियन्त्रणमा राख्नुस् ।
-धुम्रपान र मदिरा सेवन नगर्नुस् ।
-उच्च फाइबरयुक्त आहार खानुस् ।
-प्रोटिन पनि धेरै मात्रामा उपभोग गर्नुस् ।
-भिटामिन डीको कमी हुन नदिनुहोस् । किनभने भिटामिन डीको कमीले मधुमेहको जोखिम बढाउँछ ।
-प्रशस्त मात्रामा सागसब्जी खानुस् ।
-कम चिल्लो तथा स्वास्थ्यवर्धक तेल प्रयोग गर्नुस् ।
-नुन तथा नुनिलो खानेकुराको प्रयोग कम गर्नुस् ।
-उचित मात्रामा नियमित समयान्तरमा खाने गर्नुस् ।
-दिनमा कम्तीमा दुईदेखि तीन लिटर पानी पिउनुस् ।
-रेशादार खानेकुराले रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्छ । साथै रगतमा बोसोे, कोलेस्टेरोलको मात्रा नियन्त्रणमा राख्छस मुटु रोगको -जोखिमलाई कम गर्छस कब्जियतको समस्या कम गर्छस आन्द्रा स्वस्थ राख्छस रक्तचाप नियन्त्रणमा राख्न मद्दत गर्छ ।
-चिल्लोको प्रयोग सकेसम्म कम गर्नुस् ।
-आवश्यक वजन बढ्न नदिई ग्लुकोज तथा चिल्लो नियन्त्रणमा राख्न, मुटु तथा रक्तनलीसम्बन्धी विभिन्न समस्याबाट बच्न स्वास्थ्यवर्धक तेल प्रयोग गरौँ, त्यो पनि सकेसम्म कम ।
-नौनी, घिउ, बोसो, वनस्पति घिउ, बेकन, नरिवलको तेल आदिको बढी प्रयोगले रगतमा कोलेस्टेरोल बढ्ने तथा मुटुरोग हुने सम्भावना बढी हुन्छ ।
-सनफलावर, भटमासको तेल, ओखरको तेल, सनपाटको बियाँ आदिको मात्र प्रयोगले कोलेस्टेरोल ९एलडीएल० तथा नराम्रो कोलेस्टेरोल मात्र नभई मुटुका लागि सुरक्षित कोलेस्टेरोल (एचडीएल) पनि घटाउँछ । हानिकारक कोलेस्टेरोल ९एलडीएल० शरीरका लागि कम भएको राम्रो हो । यस्तै कोलेस्टेरोल (एचडीएल) बढी भएको राम्रो हो ।
-ओलिभ, तोरीको तेल, बदामको तेल, बदाम, मकैको तेल, काजु स्वास्थ्यका लागि राम्रा हुन्, यिनको पनि कम प्रयोग गर्नुपर्छ ।

उपचार

मधुमेहका धेरै रूप छन् । यीमध्ये मधुमेह टाइप २ सबैभन्दा सामान्य हो । स्वस्थ जीवनशैलीको साथमा मधुमेहको उपचारले यसका जटिलतालाई रोक्नका लागि मद्दत गर्न सक्छ ।

टाइप–१ मधुमेहका बिरामीले औषधी र इन्सुलिन लिनुपर्छ । जसको मद्दतले उनीहरू आफ्नो अवस्था नियन्त्रण गर्ने प्रयास गर्छन् । दैनिक व्यायाम, सन्तुलित आहार, समयमै खाजा–नास्ता र तौल नियन्त्रण गरेर टाइप–२ मधुमेहका लक्षणबाट बिनाऔषधी छुटकारा पाउन सकिन्छ । सही आहारको मद्दतले टाइप–२ मधुमेह नियन्त्रण गर्न सकिन्छ । मधुमेह वा मधुमेहका लक्षणहरू देखापरेमा चिकित्सकलाई सम्पर्क गर्नुपर्छ ।

आफूलाई कुनै लक्षण देखिएमा नजिकको स्वास्थ्यकर्मी वा चिकित्सकसँग परामर्श गर्नुहोला । आफूखुसी वा इन्टेरनेटको सहायतामा औषधी सेवन गर्नु हुँदैन । यसले स्वास्थ्यमा नकारात्मक असर देखिन सक्छ ।
पुष्करराज जोशी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्