‘सूचना प्रविधिले बजारिकरणको भाषालाई विशिष्टिकरण गरेको छ’: उर्मिला श्रेष्ठ, उपाध्यक्ष नेपाल चेम्बर अफ कमर्श अध्यक्ष -नेपाल महिला चेम्बर

  • ख-
  • ख+

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष तथा नेपाल महिला चेम्वरकी अध्यक्ष उर्मिला श्रेष्ठले सूचना प्रविधिले बजारिकरणको भाषालाई विशिष्टिकरण गरेको बताउनुभएको छ । वुमन इन इनफोरमेसन टेक्नोलोजी (डब्लुआईआईटी) ले शनिवार आयोजना गरेको ’महिला उद्यमीहरूका लागि डिजिटल परिदृश्यमा अवसरहरू’ विषयक वेबिनार कार्यक्रम माझ प्रमुख अतिथीको आसनबाट बोल्दै उहाँले सो धारणा राख्नुभएको हो । ‘अरु क्षेत्रहरुको तुलनामा आइसिटी क्षेत्रमा महिलाको सहभागिता अझै पनि कम छ र त्यसलाई बढाउन काम गरिरहेको डब्लुआईआईटीलाई धन्यवाद दिन चाहन्छु’ उहाँले भन्नुभयो । ।’महिलाहरुले डिजिटल प्लेटफर्म प्रयोग गरेर घरैबाटै काम गरेर पनि आय आर्जन गर्न सक्छन् । आइसिटीले सफल महिला उद्यमी बन्न एकदमै सहयोग पुर्‍याउने छ’ अध्यक्ष श्रेष्ठले आफ्नो भनाइ राख्दै भन्नुभयो ‘अहिले व्यवसायीहरुले कस्टमाइज गरेको ईमेल पठाएको पनि एकदमै राम्रो प्रक्रिया हो,’उहाँले भन्नुभयो , ‘महिलासँग राम्रो संचार कौशल हुने हुँदा त्यसको प्रयोग गरेर सफल महिला उद्यमी बन्न सक्छन् ।’

त्यस्तै वेबिनारका अतिथि वक्ताको रुपमा सस्तोडिलका सह संस्थापक तथा सीटीओ सोधन मानन्धरले ‘अनलाइन बजार बुझ्ने र त्यसमा ब्यापारका लागि अवसरहरू’ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले स्मार्टफोन, ब्रोडब्याण्ड र फोरजीको वृद्धिले ई–कमर्सको प्रगति दिनदिनै भईरहेको उल्लेख समेत गर्नुभयो ।

त्यसैगरि उहाँले मार्केटप्लेस र ई–कमर्स स्टोर बिचको फरक पनि बताउनुभएको थियो । मार्केटप्लेसमा प्लेटफर्म र इन्भेन्टरीमा लगानी गर्नुपर्ने र ई–कमर्स स्टोरमा ब्राण्ड र इन्भेन्टरीमा लगानी गर्नुपर्ने उहाँको धारणा रहेको छ ।

मार्केटप्लेस हाम्रोबजार, सि टू सि, अलिबाबा जस्तो बि टू बि र सस्तोडिल, दराज जस्तो बि टू सि नहुने उहाँले बताउनुभएको थियो । सस्तोडिलले पिक प्याक सिप मोडेलमा काम गरिरहेको र एर प्याक गरेर ग्राहकलाई पुर्‍याउने बारे जानकारी दिदै यो मोडेलमा कमिसननै संस्थाको आय हुने बताउनुभयो । मार्केटप्लेसका लागि बिजनेस प्यान, नागरिकता, ईमेल र फोन नम्बर चाहिने उहाँले बताउनुभयो ।

त्यस्तै वेबिनारका अतिथि वक्ताको रुपमा बोल्दै सर्टिफाइड डिजिटल मार्केटिङ ट्रेनर तथा शेरचन कन्सलटिङकी संस्थापक स्वेता शेरचनले ईडिजिटल मार्केटिङको बारेमा विशिष्ट जानकारी दिनुभएको थियो । उहाँले ग्राहकलाई आफ्नो प्रोडक्टले खुशी पार्न सक्नुपर्ने तर्क पेश गर्दै सामाजिक सञ्जालको प्रयोग गरेर राम्रो डिजिटल मार्केटिङ गर्न सकिने राय प्रस्तुत गर्नुभयो ।

बिहान ८ बजेदेखि १० बजेसम्म आयोजित सो कार्यक्रममा महिला उद्यमीहरुले डिजिटल प्लेटफर्मलाई प्रयोग गरि व्यवसायमा कसरी सफलता पाउन सक्छन् भन्ने बारे छलफल गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा क्युएनए राउण्ड भएको थियो । डब्लुआईआईटीले विगत एक दशक देखि महिलाहरुलाई प्रविधिको क्षेत्रमा प्रोत्साहन र प्रवर्द्धन गर्ने कार्य गरिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्