तनहूँ । व्यास नगरपालिका वडा नंं ११ रानीगाउँकी रामकुमारी डौलियाको परिवार भुकम्प पिडितको राहत नपाएर भौतारिरहेको छ । २०७२ सालको भुकम्पमा घर चर्किएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको टोलीले छुटमा उहाँको नाम लेखाएको थियो तर उहाँसगै नाम लेखाउने अरुहरुले राहत प्राप्त गर्दा पनि राहत स्वरुप सरकारले उपलब्ध गराउने रकम प्राप्त गर्न नसक्दा विचल्ली भईरहेको उहाँको भनाई छ ।
सात जनाको परिवारमा दुर्घटना परे पश्चात शारिरिक रुपमा अपांग छोरो, बुहारी , ४ जना केटाकेटी आम्दानी शुन्य भएको कारणले पनि सारै गारो परेको हुनाले आफ्नो कुरा सम्बन्धित ठाउँमा पुर्याइदिन आग्रह गर्नुभएको छ । घरमा जान्ने बुझ्ने कोहि नभएको कारण पनि सरकारले सहज रुपमा उपलब्ध गराएको राहत प्राप्त गर्न नपाएर घर बनाउन नपाएको र सधै पानी चुहिने भएकोले कुन दिनमा किचिएर मर्नुपर्छ भन्ने डर लागेको उहाँको भनाई रहेको छ ।


राष्ट्रिय पुनर्निर्माण प्राधिकरण भुकम्प प्रभावित आवास पुनर्निमाण कार्यक्रमबाट छुटमा राखि जारी गरिएको सर्वेक्षण सम्पन्न निस्सा लामो समयदेखि बोकेर बसेको डौलियाको परिवार सारै अन्यायमा परेको स्थानिय बुद्धिजिविहरुको भनाई रहेको छ ।
स्थलगत अध्ययन गर्दा पनि बाहिर अलिअलि सिमेन्ट लगाईएको भित्री भागमा माटोले पोते पनि पानी रसाएर घरको आधा भागसम्म चिसो भईरहेको देखिने डौलिया परिवार बसेको घर जुनसुकै बेला पनि दुर्घटनामा परेर ठुलै मानविय क्षति हुन सक्ने सम्भावना रहेको छ ।


अहिले पनि घर हल्लिईरहन्छ , बनाउ पैसा छैन कहाँ जाने कहाँ बस्ने ? पानी परेको बेला डर लागेर छिमेकीको घरमा गएर बस्छौ सरकारले दिने भनेको तिन लाख दिए पनि नि हुने नि सानो कटेरो बनाएर बस्थेउ , बाँचिन्थ्यो कि , भुकम्प आएको समयमा बोराका बोरा चामल बाडेको सुनियो न त्यतिबेला राहत पाईयो न सरकारले घर बनाउन दिने भनेको रकम पाईयो, खोई सरकारले दिन्छु भनेको छ रे भन्ने सुन्छु खै कहिले दिनेहोला यहि घरले हामीलाई किचे पछि होला ? आखाँभरि आँशु लिदै गुनासो गर्ने यी बुढी मान्छेको कुरो कस्ले सुन्ला खै ?