दुवईमा आयोजित भलिबल प्रतियोगितामा तनहूँ सेवा समाज युएईको टिम प्रथम

  • ख-
  • ख+

तनहूँ । स्वास्थ्यका लागि खेलकुदू भन्ने मुल नाराका साथ दुवईमा भएको प्रथम तनहुँ भलिबल प्रतियोगिता २०२२ मा तनहूँ सेवा समाज युएईको टिम प्रथम भएको छ । उक्त प्रतियोगितामा पर्वत भलिबल टिम दोश्रो हुन सफल भएको हो ।
१६ टिमको सहभागी भएको प्रतियोगितामा ६ तारिखका दिन फाईनल खेल खेलाउन सम्भव नभए पछि पुनः आईतवार भएको खेलमा पर्वत भलिबल टिम र आयोजक तनहूँ सेवा समाज युएईबिच भएको खेलमा आयोजक तनहूँ सेवा समाज युएई विजेता भएको थियो ।

प्रथम हुने टिम तनहूँलाई नगद पुरस्कार २५ सय युएई दिरामका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरियो भने द्वितीय हुने पर्वत टिमलाई नगद पुरस्कार १५ सय युएई दिरामका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरियो।
साथै म्यान अफ द म्याच, बेस्ट ब्लोकर, बेस्ट स्पाईकर, बेस्ट सेटर, बेस्ट सर्भिस ,बेस्ट लिब्रो (कप, मेडल, प्रमाण पत्र) र उत्कृष्ट खेलाडी लाई (100 AED साथमा कप, मेडल, प्रमाणपत्र) पुरस्कृत गरियो।

प्रतियोगितालाई तनहूँ सेवा समाज युएईका खेलकुद सम्योजक राजु तिमिल्सिनाले मुख्य प्रायोजन र अन्य प्रयोजकहरुमा क्युट लुक्स व्युटि पार्लर, शुभ यात्रा ट्राभल् एण्ड टुर्स ,नेपाली चुल्हो , सयपत्री रेस्टुरेन्ट, सयपत्री ट्राभल, कोसेली ट्राभल, ओने गो ट्राभल्स एन्ड टुर, रिया मनि ट्रान्सफर, IME UAE, घतुक नेपाली क्याफे, हिरालाल श्रेष्ठ, देब शाही ठकुरी, बसन्त थापा, महेश श्रेष्ठ, र भुवन थापा मगर लगायतका सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

खेलमा रेफ्रीको भुमिकामा पुर्ब राष्ट्रिय खेलाडी प्रेम शाही, लोकेश शाही, मिलन चन्द ठकुरी, आशिष कुवर, राजन रानाभाट, भुपेन श्रेत्री, सुनिल थापा, निरज मगर, भरत थापा लगायतले गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?