न्याउरी मारी पछुतो

  • ख-
  • ख+

आर.के. पोख्रेल । पेटभरी अन्नको तिर्सनाको सुन्दर कल्पना, गरिबीले छटपटाईरहेको पिडा, आफ्ना र आफन्त्हरुबाटै हेपिनु र चेपिनुपरेको बाध्यता अर्काको तुच्छ र रामवाणरुपि तिरस्कृत बोलि, सभा समारोहहरुमा आफ्नै आमाबुबालाई नागरिक सरह नगरिने व्यबहार, अर्कोको अधियां गरेर गर्जो टार्ने आमाबुबाको बेदना, अधियाँ गर्न पाउनुलाई नै भाग्यमानी मान्ने हाम्रो परिवार त्यसैमाथी अधियां गर्ने खेत बारीहरु पनि कम्युनिस्ट बनेकै नाउमा पटकपटक खोसिएको दृश्य , छिमेकिले पेलापातमा गरेको दुर्व्यव्यवहार, सपनाहरु ढल्दा सल्लाह र हामीलाई हुर्काउन महत्त्वपूर्ण भुमिका खेल्ने परिवारकै अभिभावक (हजुरबुबा) गुमाउनुपर्दाको पीडा , लास माथिको घृणा तिरस्कार र राजनीति, कम्युनिस्ट हुनु बन्नु र कम्युनिस्ट बनाईनु भनेकै हाल नर्कतुल्य हो भन्ने र बोलिने शब्द हेपाई, प्रत्येक गाँसमा आँशुका ढिका यिनै आँखाहरुमा कैद र हृदयमा परिवर्तनको हुटहुटिको भाव नबोकेको भए, आफू सकेसम्म अरुको भलोको कर्तव्य पथको महाअभियानमा लाग्ने दृढसंकल्प र सकारात्मक र प्रगतिशील प्रतिशोधको उर्जा तथा समाज परिवर्तनका सुन्दर सपनाहरू बोकेर समाज र रास्ट्र निर्माणको सुनौलो सपना बुनेर समाजबाद हुँदै स्वर्णिम साम्यबादको परिकल्पनामा यात्रा तय गरेको एक अबिश्रान्त सिपाही हुँ ।
हेला, हुँचो हप्की,दप्की अपमान र तिरस्कार नै मेरो आजसम्मका साथी हुन् । म आफ्ना, आफन्तहरुबाट संगै उभिदा र बस्दा मेरा लागि दिने परिचय र देखाईने औंलाहरु मेरो भविष्य निर्माणका लक्ष्मण रेखाहरु हुन् । चाडपर्वहरुमा आफ्ना आफन्त अनि इस्टमित्रहरूको घरमा जाँदाको हर्षोल्लास बस्दाको व्यबहार अनि फर्कदाको अठोट र संकल्प मेरा शिक्षक हुन् । हरेक बालक युधिस्टिर जस्तै हजार पटक तिरस्कार र अपमान सहन तयार हुन्छ अनि सधैं सत्य र न्यायको खोजिमा हुन्छ अन्यायको विरुद्धमा हुन्छ भन्ने म मा परिरहन्थ्यो । हरेक बालक ध्रुबतारा बनेर समाजमा,रास्ट्रमा उदाउन चाहान्छ ।
हरेक युवा आफू आफ्नै खुट्टामा उभिदै आफू आफ्नो रास्ट्रप्रति समर्पित बन्न चाहान्छ र बलभद्र कुवर जस्तै शाहसी बनेर जिवनगाथा बुन्न चाहन्छ । हरेक युवा सिद्धार्थ गौतम जस्तै सचेत विवेकी र सबैको भलोको लागि आफू र आफ्नो सुख सयल त्याग गरेर समाजमा केही कुरा सिकाउन चाहान्छ । बिचार जन्माउन चाहन्छ र परिवर्तनको सारथी बन्न चाहन्छ । हरेक युवा आफुलाई यसु जस्तै ,श्रीकृष्ण जस्तै ,अल्लाह जस्तै आफ्नै पौरखले नविन युगिन र स्वर्णिम सपना देख्न अनि चाहन्छ । त्यही सपनाहरू बुनेर आजसम्म देश र जनताको सेवाका लागि समाज परिवर्तनको निस्वार्थ भावना बोकेर हजारौं, लाखौ युवाहरुलाई गोलबद्व गराउदै रास्ट्र रास्ट्रियतालाई छातिमा सजाएर देशको निम्ति माटोको निम्ति बिकास र समृद्धिको निम्ति जनताको निमित्त आफ्नै बलबुतामा हरेक अभियानको नेतृत्व गर्न चाहन्छ । हामीले गर्ने व्यवहार,हरेक युवाले गर्ने व्यबहार समाजको ऐना हो । समाज कस्तो छ, त्यहाँका युवाहरुको व्यबहारले छर्लङ्ग पार्ने गर्दछ ।
सहि बेला, सहि पहिचान र सदुपयोग नगर्ने हो भने कांचो माटोलाई सहि आकार प्रदान गर्न नसक्ने हो भने, सहि समयमा सुन्दर सपना र रास्ट्रप्रेमी भाव जगाउन सकिएन भने बिकृती बिसंगती साथी बनेर हरेक दिन समाजलाई पोलिरहने अवस्था आउने नै गर्छ । समाजलाई सहि बाटोमा डोर्‍याउन युवाशक्तिलाई समयमा नै सत्मार्ग र भविस्यको सफल गन्तव्य प्रदान गर्नु नै आजको आवस्यकता हो । भने फेरि युवा शक्ति पनि बेथिति र कुसंस्कारको साक्षी बनेर समस्याको सहि पहिचान गर्न नसकी, लहडको भरमा लाग्ने प्रवृत्तिलाई रोक्न र रोकिन लाग्नुपर्छ नै ।
त्यसैले युवा विद्यार्थीहरु भविस्यका कर्णधार,बर्तमानका साझेदार हुन् आफू कस्तो बन्ने हाम्रो समाजलाई कस्तो बनाउने समग्र रास्ट्रलाई नै कस्तो मार्गचित्र तर्फ लैजाने यसको बारेमा सोच्ने बेला आएको छ सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसकेको अवस्था छ यो बेला जनताको असल प्रतिनिधि को हुनसक्छ चिन्न सक्नुपर्ने छ नत्र आफ्नै खुट्टामा बन्चरो हानेर पछुताउनु सिवाय केही हुनेवाला छैन आउदै गरेको बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा रास्ट्र र रास्ट्रियता प्रती समर्पण भाव राखौं, देश बचाउन लागौं । ( पोख्रेल नेकपा एमाले तनहूँको युवा नेता हुनुहुन्छ ।)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्