बढी बाँच्ने प्रयास-नारायण कैलाश सिग्देल

सर्वज्योति
  • ख-
  • ख+

कुनै विषय रोज्नु, अनि त्यस विषयमा कलम चलाउनु त्यति स जिलो कार्य होइन । विषय तोकेर पनि भएन । त्यस विषयमा थोर बहुत ज्ञान पनि हुनुप¥यो । त्यही आफूसँग भएको सिमित ज्ञानलाई सवल, प्रवल र प्रचुर बनाउनका लागि सम्बन्धित  विषयका पुस्तक किन्नुप¥यो । विज्ञलाई सम्पर्क गर्नुप¥यो । अनेकन पटक पुस्तकालय धाउनुप¥यो ।  सम्बन्धी विज्ञसँग सोधपुछ गर्नुप¥यो । उपयुक्त शब्दहरूको छनोट गर्नुप¥यो । सिलसिलेवार मिलाउनुप¥यो । वाक्यका बनोटलाई कलात्मक ढङ्गले पस्कन सक्नुप¥यो । लम्बाइ, चौडाइ मिलाउनुप¥यो । बेहुलीले गलामा लगाएको तिलहरीको कलात्मक बुट्टाभन्दा पनि सम्बन्धित लेखमा सङ्कलन गरिएका शब्द चयनका भाव गहीरो, गहन र कौशल हुनुप¥यो । त्यसमा द्विविधा, अप्रमाणिक, भ्रामक र उपेक्षित जस्ता शब्द चयन गर्न उपयुक्त भएन । लेख प्रमाणिक, सत्य, समसामयिक र वस्तुपरक हुनुप¥यो । पढ्दा रमाइलो लाग्ने, एक पटक पढिसकेपछि पनि पुनः पढूँ पढूँ लाग्ने खालको हुनुप¥यो ।
लेख्न सजिलो रहेनछ । यसका लागि थुपै्र धेरै विषयको ज्ञान हुनुपर्ने रहेछ । मैले यति धेरै कहाँ जानेको छु र ? लेख्न त हुने थियो तर के लेख्ने ? झ्याउ लाग्छ । फुर्सद पनि छैन । बिहान यता उता गर्दै बित्छ । दिउँसो अफिस जानैप¥यो । बेलुका थाकिएर आइएको हुन्छ, सुत्नै प¥यो । बिहान उठ्दा ८।९ बजिहाल्छ । ……………।  लौ हजुर आफै भन्नुहोस् म कसरी लेख्ने समय मिलाउँ ? पाएको एक दिन शनिवार हो । सो दिन पिकनिक र यसो रंङ्गरसिक गर्नैप¥यो । 
साथीको अनुत्पादक कुरा सुनेर म निरास भएँ । तर हतास भइनँ । मानिसहरू कति क्षणिक र साघँुरा विचारहरूमा जकडिँदा रहेछन् । उनीहरू कति सतही, अदुरदर्शी र अविवेकी हुँदा रहेछन् । छोटा अभिप्राय र विचारले गाँजिदा रहेछन् ? सायद ती शिक्षितलाई थाहा रहेनछ कि समय खरिद गर्न पाइँने वस्तु होइन, जतिसक्यो उपयोग गर्नुपर्छ भन्ने । त्यसैले त भनिन्छ पनिः
कालः क्रीडति गच्छत्यायुः । तदपि न मुञ्चत्याशावायुः ।।
अर्थात्ः समय निरन्तर अघि बढिरहेको हुन्छ । आयु क्षण क्षण हुँदै घट्दै जान्छ तर मानिसको आशा भने कहिल्यै कम हुँदैन । 
समय स्वयम् एउटा योजना हो । यो विशाल योजनाभित्र एउटा सानो योजना बनाउनु तपाईँको महानता हो । समय निश्चल, निस्पक्ष र हाम्रा लागि बिलकुल निर्णयहीन छ । निर्णय गर्ने महान् एवम पौरखी तपाईँ हामी आफै हौँ । यसलाई चिन्तन र सदुपयोग गर्न सक्ने खुवी तपाईँ हामीमा हुनु परम आवश्यक छ । समयको लगातार बगिरहने बेगमा तपाईँले सन्देश भर्न सक्नुपर्दछ । त्यो ंसन्देशले आफ्नो  मृत्यु पर्यन्त पनि सफल राज्य गरोस् भन्ने चाहना  हुनुपर्छ । हिप्पोक्रेटस, ल्पेटो, शेक्सपियर, …. युगौँ पहिले यो संसारबाट बिदा भइसके तर, बाँचिरहेका छन् । बाँच्ने पञ्चतत्वले बनेको स्वरूप होइन समयको प्रभावमा छिरलिएको लिपिबद्ध योजना, गहन दर्शन र चिन्तन हो । 
हामीले आज तिनैका कल्पना, योजना र दर्शनको अनुशरण गरी चिरकालसम्म बाँच्नु छ । बाँच्न सिक्नु छ । अझै बढी बाँच्ने प्रयास गर्नु छ । महात्मा गान्धी भन्छन् ‘बाँच्नुस् यसरी कि तपाईँ भोलि मर्नेवाला हुनुहुन्छ, सिक्नुस् यसरी कि तपाईँ सधैँ रहिरहनु हुनेछ ।’ 
जिउँदाको समयलाई अलिकति बचाएर लेखकीय प्रयासमा हामी एकाकार भयौँ भने चिरकालसम्म त्यो चिरस्थाई भइराख्छ । पोल्टाको समयको सदुपयोगले हामी हाम्रो मृत्यु पश्चात् पनि बाँच्न सकिन्छ । मृत्यु पश्चात् पनि बाँच्नु भनेको जीवनको सार्थकता हो । जुन शक्तिले तपाईँलाई यस धरतीमा अवतरण गरायो, त्यसका लागि एउटा राम्रो पुरस्कार पनि हो । पुरस्कार मानिसको सार्थकता हो । पुरस्कार र प्रशंसाविनाको जीवन मृत्यु पश्चात्को पनि मृत्यु हो । त्यसैले त भनिन्छ मभबतज, धष्तजयगत उचबष्कभ ष्क ाचबष्।ि अर्थात्ः प्रशंसा विनाको मृत्युतुक्ष्य हुन्छ । 
आफ्नो अनमोल समयको कण कणमा प्राप्त हुने सुअवसरको सदुपयोग गरी केही कोर्न सिकौँ । ओशो भन्छन्, ‘मानिसको विचार त्यसमा पनि लिखित विचार कहिल्यै नाश हुँदैन ।’ त्यसैले थोरै समय आफूलाई उपलब्ध भयो भने पनि एउटा अक्षर कोरौँ । त्यो अक्षर अनि अर्काे अक्षर जोडी शीर्षक तयार पारौं । शीर्षक तयार पारेपछि केही न केही लेख्न कर लाग्छ । त्यो  लेखाइको जग हो । जग राखेपछि क्रमशः सुन्दर घरको निर्माण हुन्छ नै । 
हामीलाई घर बनाउन फुर्सद चाहिन्छ । सुरु गरेपछि त्यो स्फुर्त ईश्वरका अनुकम्पाले स्वतः प्राप्त हुन्छ । घर बनाउन र जीवनको उस् पारसम्म बाँच्न सिकौँ । यस कार्यले आफूमा सन्तुष्टीका भकारी मात्र होइन शुभचिन्तक पनि गौरवान्वित हुनेछन् । 
जीवनको अन्त्य मृत्यु हँुदै होइन यो त सामान्य रूपले भौतिक अस्तित्वको नियमित अन्त्य र रुपान्तरण हो । त्यसैले हाम्रा आदरणीय सहिद गंगालालले भनेको छन् ‘मर्नु फेरी जन्मनु हो ।’ यही होइन त हामी सबैको वास्तविकता । कति मार्मिक छ हाम्रा अग्रजको भनाई । गीतामा पनि आत्माको प्रशंग लिएर भनिएको छः
न जायते म्रियते वा कदाचिन् नायं भूत्वा भविता वा न भूयः ।
अजो नित्यः शाश्वतोऽयं पुराणो न हन्यते हन्यमाने शरीरे ।। अर्थात आत्मा कहिल्यै मर्दैन । जन्मदैन । यो न पहिला उत्पन्न भएको थियो न भविष्यमा हुनेछ । 
हाम्रो आधा जीवन, जीवनकै तयारीको तालिम मै बित्छ । त्यसपछिको समय जीवन व्यवस्थापन भैहाल्यो । बाँकी रहेको सबैभन्दा उत्कृष्ट र परिपक्व समय लेखन, कला, सिर्जना र रचनामा पूर्णरूपले लगाउनु हो । त्यसका लागि तपाईँले कसैसँग सम्झौता गर्नु हुँदैन । जीवनको अन्त्यलाई मृत्यु नै हो भनी घोषणा गर्ने वाला वास्तविक मृत्युभन्दा  पहिले धेरै पटक मरिसकेका हुन्छन् । त्यसैले त महान् नाटककार शेक्सपियर भन्छन् –Cowards die many times before their death: the valiant never taste of death but once.)  बरु थोरै थोरै समयको सदुपयोग गर्दै प्रतिभा प्रस्फुटनको प्रतापले आफूलाई मर्नबाट सदाका लागि बचाउने प्रयत्न गरौं ।
नारायण कैलाश सिग्देल
   भिमाद, तनहुँ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?