राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल गण्डकी प्रदेशको उपाध्यक्षमा शंकर भण्डारी चयन

  • ख-
  • ख+

पोखरा । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिबेशनबाट गण्डकी अस्पतालमा कार्यरत शंकर भण्डारी, चयन हुनुभएको छ । सर्बसम्मत रुपमा खुल्ला उपाध्यक्ष चयन हुनुभएका भण्डारी लामो समयदेखि उपाध्यक्ष जस्तो गरिमामय पदमा चयन हुनु भएको हो । उक्त अवसरमा भण्डारीले आफु सदा स्वस्थ्यकर्मीको हकहितको लागि लडिरहेको र जिम्मेवारी पुगेपश्चात अझ दत्तचित्त भएर लाग्ने बताउनुभएको थियो ।
उक्त अधिवेशनबाट अध्यक्ष निरोज कुमार श्रेष्ठ, महिला उपाध्यक्ष विनिता दाहाल, सचिव फुलदेव तिमिल्सिना, कोषाध्यक्ष नारायण पराजुली, सहसचिव महिला वसन्ती गुरुङ, सहसचिव खुल्ला लोकनाथ अर्याल चयन हुनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?