व्यास २ को आवश्यकताबारे जनप्रतिनिधिको विचार

  • ख-
  • ख+

तनहूँ । हालै सम्पन्न स्थानिय निकायको निर्वाचनबाट लोकतन्त्र पश्चात स्थानिय निकायहरुले पुनः जनप्रतिनिधिहरु पाएको छ । स्थानिय तहमा सिंहदरवार आएको आभाषसगै जनताले जनप्रतिनिधिहरुलाई प्रत्यक्ष भेटेर आफ्ना कुराहरु राख्न पाउनुभएको छ भने जनप्रतिनिधिहरुले पनि आफ्नो स्थानको समस्या र आवश्यकताहरुलाई पहिचान गर्न सहज भएको छ ।
तनहूँको व्यास नगरपालिका वडा नं. २ को अधिकांश भाग दमौली बजारक्षेत्र रहेको र बाक्लो बस्तिका कारण विभिन्न समस्या र आवश्यकताहरु रहेका छन् तिनै आवश्यकता र समस्यालाई सम्वोधन गर्ने बारे वडा नं. २ का वडा सदस्य सुरेश वाग्लेको विचारः

व्यास २ को आजको आवश्यकता

१. व्यास नगरपालिका वडा नं. २ को कार्यालय मा वडाबासीलाई सेवा प्रदान गर्न अत्यन्तै असहज अवस्था भएको यहाँहरुलाई जानकारी नै छ, सेवाग्राहीको अत्याधिक चापका कारण सेवाग्राही कक्ष एकवटा मात्रै सानो भएको र १७ बटा टोलका अध्यक्षज्युहरुसंग बसेर छलफल गर्न समेत असहज भएको अबस्था छ। भेला, गोष्ठी, सेमिनार , कार्यक्रम गर्नका लागि सभाहल भाडामा लिनुपर्ने, टोल भवनमा वा सडकमा गर्नुपर्ने अवस्था छ।
२ सेवा ग्राहिका लागि सुबिधा सम्पन्न भबन निर्माण गर्नका लागि व्यास नगरपालिकाले सबै वडाका लागि बजेट बिनियोजन गरि सकेको छ र कतिपय वडा भवनहरु सप्पन्न र सुचारु भै सकेका छन।
बढी चाप र घनत्व भएको व्यास २ को आजको आबस्यकता वडा भबन रहेको वडाका जनप्रतिनिधिहरुले महसुस गरेका छौ, यो अभियानलाई अगाडि बढाउनका लागि सम्पुर्ण टोलका अध्यक्षज्यु लगायत वडाबासी राजनीतिक दल , समाजका अगुवा एवम समाजसेवी, आमा समुह, बिद्धतबर्ग सम्पुर्णमा अनुरोध गरेका पनि छौ ।
भवन निर्माणका लागि व्यास नगरपालिका वडा नं. २ अन्तर्गत रहेका सार्बजनिक जग्गा वा जिल्ला समन्वयको मातहतमा रहेको जग्गा जिल्ला समन्वयसंग समन्वय गरि सहकार्य गर्न सकिनेछ । वडाभित्र धेरै स्थानहरुमा टहरा निर्माण गरिएका स्थानहरुमा त खालि जमीनहरु भेटिएका छन्।

न्यू रोड टोल – टहरा
जन जागृति टोल – टहरा र खालि
उत्तर शिला टोल – खालि
सत्यवति टोल – भवन
बाल मन्दिर टोल – भवन

नोटः सेबाग्राहिको लागि सुबिधा सप्पन्न भवन यस्तै यस्तै किसिमको बनाउने हाम्रो प्रयत्न रहने छ।
सुरेश वाग्ले
वडा सदस्य, व्यास -२

(काल्पनिक भवन)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्