राष्ट्रिय प्रतियोगिताका लागि तनहूँबाट क्रिकेट खेलाडी छनोट

  • ख-
  • ख+

तनहूँ । पुष ११ गतेका दिन काठमाण्डौमा हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगिताका लागि तनहूँबाट सहभागी हुने क्रिकेट खेलाडिहरुको एक प्रतियोगिता आयोजना गरि छनोट गरियो ।
सहभागी ३८ जना खेलाडीहरु मध्ये बाट १४ जना प्रत्यउक्ष र ४ जना बैकल्पिक खेलाडि छनोट गरिएको छ । तनहूँ जिल्ला क्रिकेट संघका अध्यक्ष ताराराम श्रेष्ठ सहितको उपस्थितिमा भएको छनोट प्रक्रियामा क्रिकेट संघ गण्डकी प्रदेशका सिचव सुमनराज कार्की र केन्द्रिय प्रतिनिधि सुदिप शर्मा को पनि उपस्थिति रहेको थियो । सो प्रतियोगितामा छनोट भएका खेलाडीहरुले गण्डकी प्रदेश स्तरिय छनोट प्रतियोगितामा खेल्नेछन् ।
छनोट भएका खेलाडिहरुको नेतृत्व टिम म्यानेजर अर्जुनकुमार श्रेष्ठ र प्रशिक्षक अजित पन्थले गर्नुहुनेछ ।
छनोट हुन सफल खेलाडीहरुको नामावाली यसप्रकार रहेको छ
राजु गुरुगं ( क्याटेन) चन्द्रकान्त पौड्याल, सुगम श्रेष्ठ , समिर कडेंल, प्रवेश खड्का, हिमेशजंग बुढामगर, दिपेश अधिकारी, सचिन अधिकारी, जेम्स के.सीं, रोहन खड्का, प्रशान्त पनेरु, करुण सिरुमल, विनय भण्डारी र सुशिल गिरी ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्