ने.बि.संघका नेताको प्रदिप ज्ञवालीलाई खुल्ला पत्र

  • ख-
  • ख+

(राजेश कुमार श्रेष्ठ)


माननीय प्रदिप ज्ञवाली ज्यू,

नेपाली विद्यार्थी सङ्घले आफ्नो स्थापनाकाल देखि नैं शिक्षामा मौलिकता र जीवन उपयोगी आधारको स्पष्ट रूपरेखा झल्किनु पर्ने मान्यता बोक्दै आएको छ । राजनीतिक स्वतन्त्रता र सामाजिक न्यायको बलियो जगविना शिक्षामा सबैको पहुँच सम्भव नदेखिने हुँदा राजनीतिक र सामाजिक आन्दोलनको अगुवाइ गर्नु नेपाल विद्यार्थी सङ्घको दायित्व नै हो । अर्कातिर, औपचारिक र अनौपचारिक शिक्षाका माध्यमबाट देश निर्माणको दरिलो आधार तयार गर्नु, राजनीतिक चेतनाको बिम्व निर्माण गर्नु र सामाजिक परिवर्तनको मार्गलाई सहिष्णु बनाउन आवश्यक प्रक्रियाहरूको निरन्तर अभ्यास नेपाल विद्यार्थी सङ्घको जिम्मेवारी हो ।

माननीय सांसद प्रदीप ज्ञवाली ज्यू धेरै बौद्धिक, व्यावहारिक नेताको रुपमा सबैले बुझ्दै आएका थियौं । कुनै कुरा नबुझी आन्दोलनको बारे आफ्नो धारणा व्यत गर्नु हुन्छ भन्ने सायद मेरो परिकल्पना भन्दा बाहिरको कुरा थियो । सांसद भनेको सम्पूर्ण जनताको हो जस्तो लागेको थियो । तर २०७९ साल भाद्र १३ गते जुन सांसद भवनमा माननीयज्यू आफै नबुझिएको विषय सभामुख सामु राख्नु भएको विषय र सांसद नै अवरोध गर्ने चेष्टा गर्नु भएको कच्ची घर आर. सी. सी. हो भनी अरुलाई झुक्याए जस्तो वा नेपाल सरकारको तलब भता नलिगी नेकपा एमालेसँग तलब भत्ता लिएर बोले जस्तो अनुभूत गरे ।

आध्यात्मिक रूपमा भन्नु पर्दा विश्वविद्यालय आफैमा एक मन्दिर हो । मन्दिर जति राम्रो बनाउन सक्छौं त्यति नै विद्यार्थीहरुमा सकारात्मक उर्जा, ध्यान, नयाँ सोच, खोज, विकास र विस्तारमा सपना सिर्जना हुनेमा कुनै दुविधा छैन्। त्यस्तै त्रिभुवन विश्व विद्यालय सबै भन्दा पुरानो विश्व विद्यालय भएको र सायद तपाईं पनि सो विश्वविद्यालय अन्तर्गत अध्ययन गर्नु भएको कुरा मैले सम्झाउन पर्छ जस्तो लाग्दैन । ने।वि। संघको माग के हो बुझ्नु भएको छ ? पकै केही चासो राख्नु हुन्छ जस्तो लागेको थियो तर तपाईं मिठो बोल्ने प्रायस गर्ने अनि कुनै अपडेट हुन नखोज्ने माननीय पार्नु भएछ। सुन्नुहोस माननीय ज्यू, कुनै पनि परीक्षाको प्रश्न पत्र हुँ बहु किन दोहोरियो ? प्राइभेट क्याम्पसको इकाई परीक्षामा प्रकाशित प्रश्न पत्र किन त्रिभुवन विश्वविद्यालयको फाइनल परीक्षामा आयो ?

विश्वविद्यालयले समय तालिका निर्माण गरी समय तालिकामा चल्न कहिले सिक्ने ? सधैं ढुग्गे युग जसरी ढिला सुस्ती गर्नु भएन ? माननीय ज्यू, की भन्दिनु पर्यो ने. बि. संघ ले नेकपा एमालेको सरकार हुँदा के. पी. ओलीले नियुक्त गरेको उपकुलपतिलाई केही भन्नु हुँदैन।

नेकपा एमाले भनेको २००७ साल अघिको राणा भन्दा पनि खतरनाक छ । मलाई के आंशका लाग्न थालेको छ भने माननीयज्यू लगाएत नेकपा एमाले चाहेको नै प्राभेट कलेजले निकालेको प्रश्न प्रत्र नै त्रि. वि. को फाइनल परीक्षामा समावेश गर्नु पर्यो भन्ने हो जस्तो लाग्यो । नत्र किन एमाले निकट मानिने अ. ने. रा. स्व. बि. यु. किन एक शब्द बोल्दैन ? ने. बि संघले शान्ति पूर्ण राख्दै आएको जायज मागलाई किन उपकुलपतिले अ. ने. रा. स्ववियु र युवा संघलाई ढुंगा,मुढा,र हात पात गर्न लगाउँछ ? उपकुलपति असुरक्षित भएमा प्रहरी प्रशासनसंग सुरक्षा माग गर्ने हो कि गुण्डाहरुसंग ? यति माननीय ज्यूले भन्दिनु पर्यो ? कसले अराजक गतिविधि गरेको भने कुरा नागरिक दैनिकले भिडियो प्रकाशन पारेको छ, चस्माको पावर थपेर हेर्न अनुरोध गर्दछु ।

यसरी नै उपकुलपतिबाट ने. बि. संघको जायज माग राख्न नपाउने हो भने, भोलि देखि त्रि. वि.को कक्षा कोठामा अ.ने.रा.स्व.बि.यु. गरेको गतिविधिलाई प्राथमिक्ता दिएर जिम हलका मसल बढाउने सामाग्री, ढुंगा मुढा कसरी प्रहार गर्ने करीकुलम निर्माण गरिदिनुस् । हामी त्यसैलाई अनुशरण गर्नेछौं। नत्र भने ने. बि. संघले उठाएको माग तत्काल पूरा गर्न अनुरोध छ । कलम चिन्ह रहेको विद्यार्थी संगठनले मसलको प्रयोग गर्ने चेष्टा गरेको छ । तपाईंको विद्यार्थीहरुबाट झडपको सुरूवाद भएको छ। माननीयज्यू , ने. बि. संघको चिन्ह मसाल र कमल भए पनि सधैं कलम लिएर अघि बढेका छौं । मसाल प्रयोग गर्न आवश्यक पर्यो भने ने. बि. संघ कस्तो छ राणा र पञ्चायत फाल्दा देख्नु भएको सम्झाउन चाहे ।

प्रदीप ज्ञवाली दाई तपाईं मलाई पनि मन पर्ने नेता हो । तर तपाईं सधैं आफ्नो पार्टीको गल्तीमा किन कालो पर्दाले छोप्दै आउनुहुन्छ । तपाईं आफ्नो छोरीको कसम खादै छातीमा हात राखेर भन्नुस्, के तपाईँले ह्वाइड बडिकाण्डमा बोल्नु भयो ? के तपाईंले बालुवाटारको जग्गा हडपेको विषयमा विष्णु पौडेल र तपाईंको नाम आउँदा बोल्नु भयो ? तपाईं संविधानको अन्तर्गत साँसद हुनु हुन्छ के तपाईंले के. पी. ओलीले सांसद विघटन गर्दा बोल्नु भयो ? के तपाई त्रि. वि. को विषयमा साँच्चै जानकार हुनुहुन्छ ? यदि जानकार हुनु हुन्थ्यो भने ३ वर्ष बढी तपाईंको २ तिहाईको शत्तिmशाली सरकार हुँदा त्रि.वि. मा कति सकारात्मक परिवर्तनका लागी पहल गर्नु भयो ? अब देखि तपाईं जतिको व्यत्ति बोल्दा कसैले सिकाएको भरमा होइन आफै अध्ययन गरी बोल्ने बानी निर्माण गर्दा सुन्दर सुनिएला की …… जन्म नै मृत्युको लागि हो के ल्यायौ भन्दा के छोडेर जान सकिन्छ त्यो सोचेर राजनीति गर्नुहोस, वि. पी., मदन भण्डारी, प्रदीप गिरी जसरी सधैं अमर बन्नु हुनेछ । धन्यवाद ।
जय नेपाल

(तनहूँका श्रेष्ठ नेपाल विद्यार्थी संघको नेता हुनुहुन्छ ।)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्