तनहूँको छाब्दि बाराहीमा बच्चाहरुलाई कराँते सिकाईदै

  • ख-
  • ख+

तनहूँ । बच्चालाई अनुशासन राख्न र बच्चालाई आत्मा रक्षाको निम्ति व्यास नगरपालिका वडा नं. १४ छाब्दि बाराहीमा सितोरियो कराते सिकाईदै छ । व्यास नगरपालिका वडा नं. १४ का सुरेन्द्र गौतमको पहलमा व्यास १२, १३ र १४ नम्बर वडाका बालबालिकाहरुलाई दैनिक रुपमा छाब्दि बाराही मन्दिर परिसरमा रहेको पाटीमा कराँते सिकाईने गरिएको छ ।

”बालबालिकाहरुमा आत्मबल बढ्ने, आत्मरक्षाको लागि पनि काम लाग्ने, खेलले मानिसलाई अनुशासित पनि बनाउन, खेलबाट स्वास्थ्य जिवनशैलीको लागि पनि सहयोग पुग्ने र मुख्य कुरा त खेलमा लागेर आफु र आफ्नो देशको नाम पनि राख्न सकिने भएकोले कलिला भाई बहिनीहरुलाई कराँते खेल सिकाउन लागिएको” प्रशिक्षक सुरेन्द्र गौतमको भनाई रहेको छ ।
कराँतेका व्ल्याकबेल्ट थ्रि डन प्रशिक्षक गौतमको पहलमा शुरु गरिएको उक्त प्रशिक्षणमा बिशेषगरि स्कुले केटाकेटीहरुको सहभागिता बढ्दै गईरहेको छ ।
”पवित्र भावनाका साथ शुरु गरिएको प्रशिक्षणले यस क्षेत्रबाट राम्रो खेलाडि उत्पादन हुने” छाब्दि क्षेत्रका मानिसहरुले आशा व्यक्त गर्नुभएको छ ।

(प्रशिक्षक गौतम खेलाडीहरुका साथमा)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?