म्याग्देमा दशैमा १ लाख पुरस्कार राशीको खुल्ला भलिबल प्रतियोगिता हुदै

  • ख-
  • ख+

तनहूँ । ”विकृति विसंगती अन्त्य गरौ, सम्वृद्ध समाजको निर्माण गरौ” भन्ने नाराका साथ तनहूँको म्याग्दे गाउँपालिका वडा नं. ३ जामुनेटारमा समाज सुधार खुल्ला भलिवल प्रतियोगिताको आयोजना हुदैछ ।

म्याग्दे ३ थयरेमा रहेको समाज सुधार युवा केन्द्रको आयोजनामा हुन लागेको प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख १ रुपैया, दोश्रोे हुने टिमलाई ५० हजार ५ रुपैया र तेश्रो हुने टिमलाई २५ हजार २५ रुपैया र मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

असोज १० गतेदेखि १५ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा सहभागी हुने चाहने टिमले असोज ८ गते बेलुका ५ बजेसम्म नाम दर्ता हुन आयोजक समाज सुधार युवा केन्द्रले अनुरोध गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?