प्रिय राप्रपा! तपाईहरु र कांग्रेस, कम्युनिष्टहरुमा के नै फरक छ र ?

  • ख-
  • ख+

सुशिल देवकोटा । प्रजातन्त्र प्राप्तिपछि वा नाममात्रको लोकतन्त्र प्राप्ति भएपछि अधिकांश सत्ताको चास्निमा डुबेका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, स्वार्थ भजाएर खान पल्केका मधेशवादी दल र खान नपाएर छट्पटाएर खोलिएको नेकपा एकिकृत समाजवादीसग यी प्रश्न सोध्नु व्यर्थ छ किनकी यीनिहरुले सनातन हिन्दु राष्ट्रलाई नामेट गर्न अनेकन कुकृत्य गरेका छन् , देशले धान्नै नसक्ने संघियताको घाँडो देशलाई बोकाएका छन् । बन्दै फुट्दै गरेको राष्ट्रिय प्रजातन्त्र नामक पार्टीले नेपाललाई पुनः हिन्दु राष्ट्र बनाउन पर्छ भनेर अभियान चलाईरहेको छ । राप्रपाका वर्तमान् अध्यक्ष राजेन्द्र लिगंदेन पनि पुराना अध्यक्ष झै ठुलो ठुलो स्वरमा हिन्दु राष्ट्रको नारा लगाउदै हिडेको देखिएको छ । छ तसर्थ राप्रपा लगायत देशलाई हिन्दू राष्ट्र बनाउनु पर्छ भन्ने नारा दिने दललाई मेरो प्रश्न छ:

प्रश्न नं. १ हामी बहुसंख्यक नेपाली नेपाल वैदिक सनातन हिन्दू राष्ट्र बनोस् भन्ने चाहन्छौं । तपाईहरु पनि त्यसै भन्नुहुन्छ तर कसरी बनाउनु हुन्छ ? के छ नेपालललाई हिन्दु राष्ट्र बनाउने योजना ? चर्चा र सार्वजनिक खपतको लागि बोलिरहनुभएको छ कि त्यस दिशामा अगाडि बढ्नुभएको स्पष्ट पारिदिनुभए हामी सबै नेपाली आभारी हुने थियौ।

प्रश्न नं. २ अधिकांश जनताको मनमाा होस् वा मुखमा यो विदेशीले बोकाएको घाँडो संघियता अर्थात प्रदेश संरचना तुरन्तै खारेज होस् भन्ने चाहना रहेको छ , त्यस बिषयमा के छ तपाईहरुका योजनाहरु ?

प्रश्न न. ३ सांसदका स्तर र सांसदका विभिन्न काण्डहरुले गर्दा नेपाली जनता आजित भएको तपाईहरुलाई थाहा नै छ त्यसैले धेरै नेपाली जनताहरु चुनावमा समानुपातिक प्रणाली हुनु हुँदैन भन्ने चाहन्छन् तपाईहरु त्यसको पक्षमा हो वा होइन ? हो भने तपाईहरुको असली रुप बुझियो होईन भने त्यो पद्धति हटाउने के छन् तपाईहरुका योजनाहरु ? तपाईहरुको कहिले, कसरी त्यो दिशामा कसरी अगाडि बढ्न सक्नुहुन्छ ?

प्रश्न नं. ४ जनताले गणतन्त्रको बिकल्प चाहेको आभाष धेरैले गरिरहेका छन् त्यतातर्फ तपाईको पार्टीका पाईला अगाडि बढ्छन् कि तपाईहरु पनि अरुहरु झै त्यहि गणतन्त्रको रसातलमा डुबुल्कि मारिरहनुहुन्छ ?

राष्ट्रिय प्रजातन्त्र पार्टी र उस्तै बिचारधारा बोकेर जनतामा भ्रम छर्ने आदरणरिय नेतागणहरुमा मेरो सादर अपिल छ कृपया हामीलाई जिताउनुस् , हामी गर्छौं भन्ने वाहियात तर्क चाहिँ संविधान नपढेका र नबुझेकालाई दिनु होला किनकी हालको संविधान अनुसार कुनै एक दलको बहुमत आउँदैन र संविधान संशोधन गर्न दुई तिहाई बहुमत चाहिन्छ । त्यसैले बिशेषगरि राप्रपा र उसग बिचार मिल्ने दलका समर्थकलाई खुला प्रश्न हो हिम्मत छ भने जवाफ दिनुस् कसरी माथिका समस्या अर्थात समाधान गर्ने योजना भन्नुस् ! नत्र जनता झुक्याउन छोडनुस् किनकी प्रजातन्त्र हुदै लोकतन्त्रको दुहाई दिदै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, स्वार्थ भजाएर खान पल्केका मधेशवादी दल र खान नपाएर छट्पटाएर खोलिएको नेकपा एकिकृत समाजवादी पार्टी र तपाईहरुमा कुनै भिन्नता भेटिदैन । ( लेखकका निजी विचार)

( लेखक सुशिल देवकोटा कलाकर्मी तथा सामाजिक अभियन्ता हुनुहुन्छ ।)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्