तेस्रो व्यास युवा कप ९ ए साइड फुटबल प्रतियोगिता दमौलीमा हुने

  • ख-
  • ख+

तनहूँ । तेस्रो व्यास युवा क्लब ९ ए साइड फुटबल प्रतियोगिता असोज ३ गतेदेखि १० गतेसम्म दमौलीमा हुने भएको छ । दमौलीको खेलमैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिताको तयारी सम्बन्धमा शनिबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष मिनबहादुर गुरूङ ‘ चरिबाबा ’ ले खेलमा अन्य क्लबले स्वदेश तथा विदेशका खेलाडी समावेश गरे पनि व्यास युवा क्लबले आफ्नै खेलाडी खेलाउने बताए । गुरुङले व्यासयुवा क्लबको उद्धेश्य भनेको स्थानीय स्तरबाट खेलाडी उत्पादन गर्ने र खेलबाट बचेको पैसाले कुलतमा लागेका युवाहरूलाई सामाजिक उत्तरदायित्वको भावनामा ल्याउने खलको कार्यक्रमहरु गर्ने र सडक बालबालिकाहरुलाई दशैको लागि नया कपडा र मासु भात समेत खुवाएर दशै मनाई दिने गुरूङले बताए ।

राष्ट्र विकासमा युवाहरूको प्रतिवद्भता , सिर्जनशिल , लगनशील सहभागीता नाराका साथ नेपालीहरूको महान चाड बडादशै , दीपावली र छठका अवसरमा प्रतियोगिता गर्न लागिएको क्लबका सचिव मनोज राउतले बताए । प्रतियोगितामा प्रथम र द्धितिय हुने टिमलाईक्रमश १ लाख ११ हजार १ सय ११ र ५५ हजार ५ सय ५५ नगदका साथै मेडल ट्रफि र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक बिकी गुरुङले बताए ।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ता घोषणा गरि जनही ५ हजार रुपैयाँ पुरस्कार दिइने गुरुङले बताए । तेस्रो व्यास युवा क्लब ९ ए साइड फुटबल प्रतियोगिता लाईभ समेत देखाइने बताए ।

त्रकार सम्मेलनमा क्लबका पुर्व अध्यक्ष एवम् व्यास ६ का वडा अध्यक्ष तथा व्यास नगरपालिकाका प्रवक्ता जीवन गुरूङ कुमारलेखेलकुद मैदान प्रयाप्त नहुँदा खेल खेलाउन नसकिएको बताए । सेभेन ए साइड बाट नाएन ए साइड मा अहिले खेल हुन लागेको भन्दै गुरूङले अब इलाभेन ए साइड खेलको लागि बाताबरण तयार पार्नुपर्ने बताए ।
पत्रकार सम्मेलनमा पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्ज्वल पौडेल , रिपोटर्स क्लब गण्डकीका अध्यक्ष मदन वाग्ले लगायतले खेलको महत्त्वको बारेमा मन्तव्य राख्नु भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?