मकाउमा सन्तोष तामागंले जिते बडि बिल्डिगंमा विभिन्न उपाधी

  • ख-
  • ख+

काठमाण्डौ । नुवाकोट जिल्ला साविक कल्याणपुर गाँउ विकास समिति वडा नंं. २ को हाल विदुर नगरपालिका वडा नं. १३ का बासिन्दा सन्तोष श्रेष्ठले मकाउमा भएको बडि विल्डिगं प्रतियोगितमा विभिन्न उपाधीहरु जित्न सफल हुनुभएको छ ।

अक्टोवर १६ तारिखमा मकाउ र फिलपिन्सको संयुक्त आयोजनामा वडि विल्डिगं तथा फिट्नेस एसोसिएसनद्धारा आयोजना गरेको प्रतियोगितामा ७५ के. जी. तौल समुहमा मा द्वित्तिय, १७० क्लासिक फिजिक्स तथा उचाइमा तृतिय स्थानको उपाधि जित्न सफल हुनुभएको हो । उक्त प्रतियोगितामा मकाउ, चीन, फिल्पिन र नेपाल गरी चार देशका १५० भन्दा बढी खेलाडीहरूको उपस्थिति थियो।

यसभन्दा अगाडि तामागंले मकाउ वडि बिल्डिगं एसोसिसन आयोजना गरेको प्रतियोगितामा मकाउ, चीन, फिलिपिन्सल सहभागी भएको खेलमा तामागंले क्लासिक फिजिक्स तथा उचाइ समुहमा प्रथम ८० के. जी. तौल समुहको खेलमा तृतिय जितिसक्नुभएको छ ।

मकाउमा कार्यरत तामागंले ”आउदा दिनहरुमा अझै उत्कृष्ट खेलहरु प्रदर्शन गरी देशलाई नै विश्वसामु चिनाउने र भविष्यमा आफ्नो गाउँ ठाउँको भाइहरूलाई पनि यस्ता प्रतियोगिताहरुमा भाग लिन प्रेरित गर्ने रअगाडि बढ्न आवश्यक सहयोग गर्ने” प्रतिबद्धता समेत गर्नुभएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?