दुवईमा आयोजित भलिवल प्रतियोगितामा तनहूँको टिम प्रथम

  • ख-
  • ख+

अंग्रेजी नयाँ बर्ष २०२३ को अबसरमा संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा नेपालीहरूबिच आयोजित खुल्ला भलिबल प्रतियोगितामा प्रथम गोर्खा डकुमेन्ट कप ओपन भलिवल प्रतियोगितामा तनहूँबको टिम प्रथम भएको छ । जनवरी १ तारिखका दिन गोर्खा डकुमेन्ट सर्भिसले आयोजना गरेको प्रतियोतिगामा तनहूँ सेवा समाज युएईको टिम प्रथमभएको हो ।

प्रतियोगितामा तनहूँ सेवा समाज युएईका मिलन चन्द ठकुरी बेस्ट प्लेयर, तनहूँ सेवा समाज युएई कै गन्नु गुरुङ बेष्ट सटर, तनहूँ सेवा समाज युएई कै शिव श्रेष्ठ बेस्ट ब्लकर, पर्बत भलिबल संघ युएईका आशिष बेस्ट स्पाईकर, पर्बत भलिबल संघ युएई कै उमेश, बेस्ट लिब्रो हुनुभएको थियो ।

प्रथम हुन सफल तनहूँ सेवा समाजको टिम मेनेजर अपील भट्टराई , जर्सी स्पोन्सर तनहूँ सेवा समाज महासचिब सुरिन भुजेल, टिम कोच देब शाहि ठकुरी, खेलाडीहरुमा टिमका खेलाडीहरुमा भरत थापा (टिम क्याप्टेन), मिलन चन्द ठकुरी, निर्मल शाही ठकुरी, शिब श्रेष्ठ, घनश्याम गुरुङ (गन्नु), ओम अधिकारी, दीपेन्द्र ठकुरी, विशाल खाँड ठकुरीर निराज बुढाथोकि मगर रहनुभएको थियो

२० टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा पर्बत भलिबल संघ दोस्रो र चापाकोट भलिबल संघ स्याङ्जा तेस्रो भएका थिए ।

तनहूँ सेवा समाज युएईको गरिमालाई उच्च बनाउन सफल भएकोमा सम्पुर्ण खेलाडी , तनहुँ सेवा समाजको कार्यसमिति र शुभचिन्तकहरुको सहयोग र सल्लाहले आउदा दिनहरुमा खेल जगतमा थप प्रगति गर्दै जाने तनहूँ सेवा समाज युएईका राजु तिमिल्सिनाले बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्