तनहूँ । भिमादमा अहिलेसम्मकै ठुलो राशिको भलिबल प्रतियोगिता आयोजना हुन लागेको छ । तेश्रो भिमाद महोत्सवको अवसरमा माघ २३ गतेबाट भिमाद रंगशालामा वडा मिश्रित भलिवल प्रतियोगिता हुन लागेको हो । ”महोत्सवमा दर्शकहरुलाई मनोरन्जन दिनुका साथै यसक्षेत्रका खेलाडीलाई पनि प्रोत्साहन गर्न जरुरी रहेकोले हालसम्मकै सर्वाधिक राशिको वडा मिश्रित भलिवल प्रतियोगिता आयोजना गर्न लागिएको” तेश्रो भिमाद महोत्सवका खेलकुद संयोजक उज्वल खनालले बताउनुभएको छ । ”वडा मिश्रित भलिवल भएकोले एउटा टिममा वडा बाहिरका ३ जना खेलाडी टिममा समावेश गर्न पाइने” पनि खनालको भनाई रहेको छ । साथै ”प्रतियोगितामा सहभागी हुन चाहने टिमले माघ २२ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने र २३ गते बिहान ७ बजेबाट खेल शुरु हुने ” खेलकुद संयोजक खनालले बताउनुभएको छ ।
प्रतियोगितामा विजयी हुने टिमलाई पहिलोलाई १ लाख ५५ हजार ५ सय ५५ रुपैया , दोश्रो हुनेलाई ७५ हजार ५ सय ५५ रुपैयाका साथै शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।









