खराबै खराब मध्ये को कम खराब नेता हो भनेर जनताले हेरिरहेका छन् कमरेड !

  • ख-
  • ख+

शंकै छैन यो पृथ्वीमा जन्म लिएको कोहि पनि मानिस पूर्ण छैन । हामी सबैमा केहि न केहि अवगुणहरु रहेका छन् , नेपाली जनताले हिजो राणाशासनका महियाराहरु पनि को कति बुद्धिमान थिए को कति देश र जनताका लागि ईमान्दार थिए आज जनताले बुझिसकेका छन् । पंचायतको कालखण्डमा पनि सबै नेताहरु बेईमान मात्र थिएनन् भनेर पनि जनताले भनिरहेका छन् भने प्रजातन्त्रको आगमन पश्चात जेल बसेर उदाएका, निर्वासनमा बसेर उदाएका नेताहरु पनि को कस्ता रहेछन् ? कस्ले देशको लागि सोचेको जस्तो गरेर आफुर आफ्नालाई मात्र सोचेको रहेछ जनताले प्रष्टसग हिसाव किताव राखिरहेका छन् । कुनै पनि पार्टीका कार्यकर्तालाई मेरो यो नेता चाँहि मेरो देशको लागि पर्फेक्ट छ है भन्ने सौभाग्य नै नेताहरुले दिनुभएको छैन । हामीले त अब यतिवेला नराम्रोबाट राम्रो को छान्नुपर्ने बेला भएको छ । आलुको बोरामा कुहिएका आलुमध्येबाट यो चाँहि अलि सध्य रहेछ है भन्नु पर्ने बेला भएको छ ।


आजकल प्रतिनिधिसभा भंग भएपश्चात राम्रो नराम्रो जे भएपनि देशभर केपी सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीकै निकै चर्चा छ । हिजो केपी ओलीभन्दा राम्रो मान्छे काहि छैन भनेर भन्नेहरु आज केपी ओलीका सबै कामहरु कामै नलाग्ने देखेका छन् । हिजो पद र सत्ताको चास्नि चाख्न पाउदा ठिक आज कामै नलाग्ने किन त त्यस्तो भन्दा जनताले प्रष्ट बुझेका छन् हिजो आफ्ना तमाम ईच्छा आकांक्षाहरु पुरा गर्दा राम्रो आज अलिकति भागवण्डा मिलेन नराम्रो ।
नेकपाको झण्डै दुई तिहाइको उपस्थिति रहेको प्रतिनिधि सभाले आफ्नो सान्दर्भिकता कसरी गुमायो ? तमाम कार्यकर्ताको चाहना विपरित संविधानसभा विघटन गनुपर्नेसम्मको अवस्था कसरी सिर्जना भयो कसैले बिचार गरेको छ ? सरकार बनेको तिन तिनबर्षसम्म संवैधानिक नियुक्ति गर्न नदिने प्रतिपक्षभन्दा दुई कदम अगाडि बढेर भागवण्डा मागिरहने सत्तापक्ष अनि सरकारले काम गर्न सकेन भन्ने यो कस्तो चरित्र हो कसैले बिचार गरेको छ ?
काम कुरो एकातिर कुम्लो बोकि ठिमीतिर भने झै जनता मरे मरुन्, बिकास नभए नभवोस् हाम्रा मान्छेले नियुक्ति पाउनैपर्छ, तिमी जनताको दैलो जाउ नजाउ हामीले डाकेको बेला सचिवालय बैठकमा आउनै पर्छ ,जनताको प्रश्नको जवाफ नदिए नदिनु तर मेरो मान्छेले किन पाएन नियुत्ति त्यस्को जवाफ दिनै पर्छ भन्ने कस्तो विधान हो ? आफ्नो गुटको कुरा लागु गराउन सरकारको विजनेस सभामुखवाट अवान्छित रुपमा लामो समय रोकेर अनि सरकारले काम गरेन भन्ने यो कस्तो सहयोग हो कमरेड ?
सरकारवाट प्रस्तुत भएका विधेयकहरुमा सत्तापक्षकै समितिका सभापती र सांसदहरुको असहयोग रहनाले विधेयका सन्दर्भमा संसदीय समितिले गरेको निर्णयमा विभागिय मन्त्रीले नै असहमती राख्ने विडम्वनापूर्ण अवस्था सिर्जना हुनु केपि ओलीको दोष हो कि कसको दोष हो कमरेड ?
सत्तापक्षका प्रतिनिधिसभाका सदस्यहरु दलिय अनुशासनभन्दा बहिर गएर प्रतिनिधिसभामा प्रस्तुत हुने पार्टी र संसदीय दलको निर्णय वेगर विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा औपचारिक रुपमा समावेदन दर्ता गर्न जानु पार्टीको एकता बचाउन गरिएको कस्तो अभ्यास हो कमरेड ?
पार्टी र दलमा औपचारिक प्रस्ताव समेत नराखी प्रधानमन्त्रीका विरुद्धमा संसदिय पद्धति र परम्परा विपरित अविश्वास प्रस्तावका लागि हस्ताक्षर संकलन गर्नु पार्टी भित्रको अन्तरद्वन्द्व र प्रथम अध्यक्षका विरुद्धको गंभीर षडयन्त्रका साथै प्रतिनिधिसभामा सत्तापक्षको यो हविगत पनि प्रतिनिधिसभा विघटनको आधार तथा कारण वन्न अतियुक्ति होला र कमरेड ? यो त एउटी आमाले बच्चालाई दुध ख्वाउदै नख्वाउने अनि थप्पड लगाउदै यस्ले दुध नै खादैन भन्दै नाटक देखाएको जस्तो भएन र कमरेड ?
केन्द्रिय कमिटि, स्थायी कमिटि, सचिवालय सदस्य र दुवै अध्यक्षहरुले कहिले पार्टी कार्यकर्ताको ढुकढुकी बुझ्नु भयो र कमरेड ? आज एक्कासी एकले अर्कोलाई तथामननाम गाली गर्दा हिजोको त्यो माया प्रेम, हिजोको त्यो स्नेह, हिजो खण्डहर बन्न लागेको बेला साथ दिएको बिर्सनुभयो कमरेड ?
कसैले बर्षौसम्म उठाउन नसकेको पार्टी, कसैले दशकौ सम्हाल्दा पनि बन्न नसकेको कम्युनिष्ट एकता क्षणभरमै निमिट्यान्न पानुभन्दा अगाडि आफुले देशको लागि काम गरे कि आफ्नो आसेपासेलाई काम गरे एकपटक ठण्डा दिमागले सोच्ने कि कमरेड ?
प्रधानमन्त्रीका पनि गल्ती र कमजोरीहरु अवश्य छन् तर प्रतिनिधिसभा विघटनका लागि प्रधानमन्त्रीलाई औला देखाउनुहुने माननीयज्यूहरुले औला देखाउनुपूर्व यस बीचमा आफुहरुले खेलेको यस प्रकारको भूमिकाका वारेमा पनि आत्मसमिक्षा गर्ने कि ? प्रधानमन्त्रीको त्यो कदम रहर हो कि कसैबाट सिर्जित बाध्यता हो विचार गर्ने कि कमरेड ?
सम्माननिय प्रधानमन्त्रीमा गल्ती र कमजोरी छैनन् भन्नु मुर्खता हुन आउछ तर हिजो बर्षौ पार्टी सम्हाल्ने माधब नेपाल प्रधानमन्त्री हुदाँ गरेका कामहरु पनि हेर्नुपर्ला नि हैन र ? हिजो बर्षौसम्म पार्टीको प्रमुख हुदाँ गरेका काम कारवाहीहरु नियाल्नु पर्ला कि नपर्ला कमरेड ?
अर्का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको काम कारवाहीहरु हेनुपर्ला कि नाई ? दशकौ पार्टी चलाउदा वहाँले समकक्षीलाई आफुभन्दा सिनियरको के हविगत बनाउनुभयो आत्मसमिक्षा गर्नुपर्ला कि नपर्ला कमरेड ?
सपना नै सहि चिनबाट रेल ल्याउने कुरा, चिनतिरको नाका खोल्ने कुरा, गुमेको भुमि भारतबाट फिर्ता ल्याउने कुरा, समृद्धिको खाका कोर्ने कुरा, नेपालीको शिर उठाउने कुरा सबै केपी ओलिका नराम्रा कामहरु हुन् कि ? अझै पनि केहि बिग्रेको छैन आत्मसमिक्षा गरौ सबैमा कमी कमजोरीहरु छन् , नेपालमा भएका कुनै पनि पार्टीका कुनै पनि नेता दुधले नुहाएका छैनन् बस् यत्ति हो देशमा भएका मध्ये कुन चाँहि असल नेता हो भनेर जनताले त्यहि हेरिरहेका छन् कमरेड ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्