अभागी नेपाली जनता !

  • ख-
  • ख+


बसन्त पौडेल । मानिसलाई स्वतंत्रताको महत्व तव हुन्छ जव ऊसको न्यूनतम आवश्यकता पुरा भएको हुन्छ । यदि दुई छाक टार्न समस्या छ, स्वास्थ्य सेवाको सहज पहुँच छैन, रोजगारको समस्या छ भने स्वतंत्रता को के महत्व ?
५० औं वर्ष अगाडी देखि भारतले नेपाललाई आफ्नो स्वामित्वमा राख्न खोजिरहेको कुरा विभिन्न अन्तराष्ट्रीय मामिला हेर्ने विज्ञहरुले प्रष्ट्याई रहेका छन् । भारत नेपालमा शान्ति र स्थायित्व चाहदैन । यहॉ जातीय र धार्मिक द्वन्द्व सिर्जना गर्न चाहन्छ । ऊसैको चाहनामा संघियता लादियो, ऊसैको चाहना वमोजिम प्रधानमंत्री र सरकार वन्छ ।
व्यवस्था पटक पटक परिवर्तन भयो तर सत्तामा सधैं दलालहरु मात्र पुगे । कान्डै कान्डले भरिपूर्ण छन् हरेक पार्टीका प्रमुख र प्रधानमंत्रीहरु । शरणार्थी कान्ड निस्किन्छ, अनुसन्धान कॉंग्रेसका प्रमुख व्यक्ति समक्ष पुग्छ अनि रोकिन्छ। सुन कान्ड आऊछ, कम्युनिस्टका प्रमुख पात्र समक्ष पुग्छ, अनि रोकिन्छ । क्यान्टोनमेन्टको अर्वौ भ्रष्टाचारको कुरा आऊछ, ठुला नेताहरु मुछिने देखिएपछि त्यत्तिकै सेलाउछ । ललिता निवास कान्ड आऊछ विभिन्न पार्टीका प्रमुख व्यक्तिहरुको नाम जोडिन्छ सुनपानी छर्केर गठबन्धनको बैठकबाट चोख्याउन खोजिन्छ । पछिल्लो समय नेपालमा यती भ्रष्टाचारका कति कान्डहरु छन् कि जनताले सवै कान्डहरु छर्लंग देखिरहेका छन् ।

यो देश बन्न सक्दैन त नभनौं तर बन्न मुस्किल छ । यहॉ हरेक व्यक्ति भ्रष्ट छ । एकले अर्कोलाई लुट्ने वाहेक अरु काम नै छैन । हरेक क्षेत्रमा लुट छ, कसरी अर्को व्यक्ति लाई लुट्न सकिन्छ त्यो मात्र हेर्छ । कसैसंग ईमान्दारीता नै छैन । आ-आफ्नो कामको ऊत्तरदायित्व सामान्य नागरिकले समेत वहन गरेको देखिदैन । देशको अवस्था सार्है अत्यासलाग्दो र निरासलाग्दो छ ।
देशको बल भनेको युवा हो सवै युवा विदेश, पढेका नपढेका सबै विदेश जाने लर्को छ । निर्यात शुन्य जस्तै छ, गुन्द्रूक पनि आयात गर्छ हाम्रो देश नेपाल । देशको ऋण २३,२४ अर्ब नाघिसक्यो अझ तिब्रगतिमा हरेका बर्ष वृद्धि भैरहेको छ । अर्थ सम्बन्धि ज्ञाताहरु रेमिट्यान्स नआऊने हो भने देश ४/५ महीना पनि धानिदैन भन्छन् । सवारी दुर्घटना र मृत्यु दर कहाली लाग्दो , हरेक बर्ष ७/८ हजार को मृत्यु र २०/२५ हजार गम्भीर घाईते हुनु त हामी नेपाली अझ बिशेषत सरकारलाई सामान्य लाग्दछ । देशमा रोजगारको अवसर नपाएर विदेशको मरुभुमीमा रगत पसिना चुहाएर वैदेशिक रोजगारमा गएकाहरुको सरदर दिनको ४/५ जनाको शव वाकसमा भित्रिन्छ ।

विकृति र विसंगतिको वयान जति लेखे पनि नसकिने छ । जुन देशमा न्यायालयमा राजनैतिक सॉठगॉठवाट न्यायाधीश नियुक्ति हुन्छ, त्यहॉ कसरी निस्पक्ष न्यायको अपेक्षा गर्न सकिन्छ ? जहॉ विवादित व्यक्तिहरु अख्तियार प्रमुख नियुक्त हुन्छन्, त्यहॉ भ्रष्टाचारको छानविन हुन्छ भनेर कसरी विश्वास गर्न सकिन्छ ?

भारतकी तत्कालिन प्रधानमन्त्री ईन्दिरा गान्धीले नेपाल लाई भारतमा गाभ्ने योजना बुनेको थाहा पाएर विपि नेपाल फर्किएका थिए रे । नेपालले शान्ति क्षेत्रको प्रस्ताव गर्दा अन्य धेरै राष्ट्रले सहमति जनाए पनि भारतले जनाएको थिएन । साथी फेर्न सकिन्छ तर छिमेकी फेर्न सकिदैन त्यसैले भारतलाई व्यालेन्समा राखेर नीति बनाऊन सक्ने नेता नेपालमा कहिलयै देखिएको छैन । राजनीतिक विश्लेषकहरुको भनाई अनुसार माओवादी सशस्त्र युद्ध भारतको नैतिक सहयोगमा शुरु गरिएको थियो । माओवादीका सुप्रिमो पुष्पकमल दाहाल अधिकॉश समय भारतमा नै विताएको कारणले त्यो कुरालाई होईन भनेर कसैले ईन्कार गर्न नै सक्दैन । माओवादीको सो युद्धले राष्ट्रको अर्बोको सम्पत्ति क्षति राष्ट्रले वेहोर्न पर्यो, प्राचीन सभ्यता, इतिहास ध्वस्त पार्ने काम भयो, वैंकहरु लुटिए अर्थव्यवस्था धारासायी वन्यो । समग्रमा राष्ट्र झन कमजोर भयो । त्यसमा भारतको निहीत स्वार्थ थियो भन्ने कुरा कमैले बुझे , बुझ्नेहरु पनि बोल्न नै चाहेनन् ।

कुनै राष्ट्र ध्वस्त वनाऊन शिक्षा पद्धति, जात र धर्म मा हमला गर्यो भने काफी हुन्छ । माओवादी द्वन्द्कालमा स्कूलहरु बन्द हुने, शिक्षकहरु माए, जवरजस्तरुपमा जातीय विभेद र धर्मको कुरा ऊठाईयो । आजसम्म धार्मिक युद्ध नभएपनि माओवादीले रोपेको बिउ फक्रदै आज धार्मिक युध्दको सुरुआत हुन्छ कि भन्ने त्रास फैलिएको छ ।

धरानको घटनालाई हेर्दा त्यहॉ असंवैधानिक काम भएको छ किनभने संविधानले गाईलाई राष्ट्रीय जनावर घोषित गरेको छ । गाईको संवर्धन गर्नु हरेक नेपाली नागरिक कर्तव्य हुन आऊछ । राष्ट्रीय जनावर गाईको हत्या गर्नु गैर्ह संवैधानिक काम हो, त्यसैले ऊनीहरुलाई संविधानत कार्रवाई हुनुपर्ने हैन र ? यसमा नियतवस धर्मलाई जोडिएको छ । गौहत्या गर्नु गैर्ह कानूनी कार्य हो, यसलाई धर्मसंग जोड्न जरूरी छैन । हामी नेपाली श्रोत, साधनले अभागी छैनौ प्रशस्त धनि छौ तर पनि भुईफुट्टा नेताहरुले हामी नेपालीहरुलाई अभागी बनाउन खोज्दैछन् ।

नेपालीले धेरै ठुलो आशा गरेका छैनन् कुशल नेताले देश सम्हालुन् , शान्त देश नेपालमा पुनः शान्त पूर्वक बस्न पाँउ। बस् त्यति भए पुग्छ ।

पशुपति नाथले हामी सवैको कल्याण गरुन् ! जय नेपाल !
( बसन्त पौडेल , व्यास १ अम्रेनी , तनहूँ )

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्