भानुमा लामखुट्टेको लार्भा खोजौं र नष्ट गरौं अभियान शुरु: रोगको शंका लागे निः शुल्क परीक्षणा गरिने

  • ख-
  • ख+

१५ असोज । तनहूँ । तनहूँको भानु नगरपालिकामा डेंगु रोग विरुद्ध लामखुट्टेको लार्भा खोजौं र नष्ट गरौं भन्ने अभियान सोमबारबाट शुरु भएको छ । तनहूँ जिल्ला डेंगु रोगको हटस्पोट बन्दै गएकाले सो नियन्त्रणका लागि वडा नं १ को डुम्रे साजबोटे क्षेत्रबाट अभियान संचालन गरिएको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले बताउनु भयो । उहाँले भन्नू भयो ”पालिकाको मुख्य काम भनेको आम नागरिकको स्वस्थ्यमा ध्यान दिनु पर्ने र जब मानिस स्वस्थ हुन्छ उसले हरेक काम गर्न सक्ने हुँदा पालिकाले स्वस्थ्यको क्षेत्रमा विशेष जोड दिईने” बताउनु भएको छ ।
एडिस एजिप्टाई जातको लामखुट्टेको टोकाईबाट डेंगुको संक्रमण हुँने भएकाले पानी जम्न सक्ने ड्रम, टायर, गमला लगाएतका सामग्रीमा रहेका पानीलाई फालेर सरसफाई अभियानलाई सहयोग गरिएको शसस्त्र प्रहरी बल मनकामना गणका गणपति प्रहरी उपरीक्षक कमलचन्द्र गैह्रेले जानकारी दिनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिबाकर पौडेलले सोमबारबाट औपचारिक रुपमा सुरु भएको अभियान पालिकाका मुख्य-मुख्य बजार क्षेत्र र बाक्लो बस्ती भएको क्षेत्रमा संचालन गरिने भन्दै प्रतेक वडा र टोलमा पनि डेंगु रोगबाट वचन सचेत हुनु पर्ने बेला आएको बताउनु भयो । प्रमुख प्रशासकीय अधिकृत पौडेलले डेंगुको संक्रमण जस्तो लक्षण देखिए पालिकाको वडा नं. ५ को सेपाकोबगैंचामा रहेको पुरानडिहि नगर अस्पताल र वडा नं. २ को नारेश्वरटारमा रहेको आधारभूत स्वस्थ्य केन्द्रमा डेंगुको निशुल्क परिक्षण गर्न सकिने जानकारी दिनुभयो ।
खासगरी वर्षाको पानी जम्ने भाडाकुँडा, टिनका बट्टा, पुराना टायर, खालि ड्रम, फूलदानी, गमला, पानी ट्यांकी लगायतका भाडामा लामखुट्टेले फुल पार्ने र त्यसैले वर्षातको पानी जम्ने सिजनमा यो रोग फैलिने गरेको चिकित्सकले बताएका छन् ।
डेंगु संक्रमण भएपछि उच्च ज्वरो आउने, जिउ, जोर्नी र हाड जोर्नि दुख्ने गर्छ । त्यस्तै आँखाको गेडी वरिपरि दुख्ने, वाकवाकि लाग्ने, वान्ता हुने, खान मन नलाग्ने, छालामा रगत जमेको धब्बा देखिने, नाक, गिजा, तथा शरीरका अन्य अंगबाट रगत बग्ने, पेट दुख्ने जस्ता समस्या देखिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले बताउनु भएको छ । “एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण हुन् । ” उहाँले भन्नुभयो ।
डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट जोगिनुपर्दछ । पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हम जस्ता सामग्री प्रयोग गर्नु, सधैं राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पु¥याउनु यसबाट बच्ने प्रमुख उपाय हुन् ।
पहिलो दिन संचालन गरिएको अभियानमा नगर प्रमुख त्रिपाठी, वडाअध्यक्ष कान्छिमाया तामाङ लगाएत जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत पौडेल, नेपाली सेनाको रुरु भैरब दल गण, शसस्त्र प्रहरी बल मनकामना गणका गणपति प्रहरी उपरीक्षक गैह्रे, लगाएत स्थानीयको सहभागिता रहेको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुभाष रेग्मीले जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?