अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि भरतपुर महानगरबाट थप डेढ करोड सहयोग प्रदान

  • ख-
  • ख+

भरतपुर । गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि चितवनको भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउण्डेशनलाई थप १ करोड ५० लाख रुपैयाँ प्रदान गरेको छ ।

महानगरपालिका प्रमुख रेनु दाहालले फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)लाई सो रकम बराबरको चेक आज (आइतबार) हस्तान्तरण गरिन् ।

महानगरपालिकाले आन्तरिक स्रोतबाट विनियोजित ४ करोडमध्ये पहिलो चरणमा ५० लाख र दोस्रो चरणमा १ करोड ५० लाख प्रदान गरेको हो ।

महानगर प्रमुख दाहालले रङ्गशाला कोरोना कहरका बीचमा पनि तीव्र गतिमा अगाडि बढिरहेको बताउँदै निर्माण प्रगतिका आधारमा विनियोजितमध्येको रकम थप्दै लगिने जानकारी दिइन् ।

फाउण्डेशनका अध्यक्ष धुर्मुसले रकम ग्रहण गर्दै अन्य रकमका बारेमा आवश्यक समन्वय र सहजीकरण गरिदिन समेत आग्रह गरे । रङ्गशाला भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माण भइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्