हैदरावादलाई सुपर ओभरमा हराउँदै कोलकाताले आईपीएलमा दर्ता गरायो पाँचौं जीत

  • ख-
  • ख+

कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा पाँचौं जीत निकालेको छ ।

आइतबारको म्याचमा सनराइजर्स हैदरावादलाई सुपर ओभरमा हराएर कोलकाता अंक तालिकाको चौथो स्थानमा रहेको छ । सुपर ओभरमा कोलकाताले ३ रनको लक्ष्य पूरा गरेको थियो ।

हैदरावादले भने पहिले ब्याटिङ गर्दै २ रन मात्र बनाएको थियो । त्यसमा लकी फर्गुसनले घातक बलिङ गरे । यसअघि २०/२० ओभरको खेल टाइ भएको थियो । कोलकाताले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।

त्यसको जवाफमा हैदरावादले ६ विकेट गुमाएर १ सय ६३ रन नै बनायो । हैदरावादले नयाँ ब्याटिङ जोडी मैदान उतारेको थियो । यसक्रममा जोनी बियरस्टो र केन विलियम्सनले पहिलो विकेटका लागि ५८ रनको सोझदारी गरेका थिए ।

कोलकाताका लागि भने २ जना ब्याट्सम्यानले मात्रै ३० रन भन्दा माथिको स्कोर बनाए । कोलकाताका कप्तान इओन मोर्गनको ३४ र प्रारम्भिक ब्याट्सम्यान शुभमन गिलले ३४ रन बनाएका थिए ।

हालसम्म ९ खेल खेलेको कोलकोताले ४ मा हार र ५ खेलमा जीत हात पारेको छ । कूल १० अंकसहित कोलकाता अंक तालिकाको चौथो स्थानमा रहँदा हैदरावाद भने अंक तालिकाको पाचौं स्थानमा छ ।

९ खेल खेलेको हैदरावादले अहिलेसम्म ६ खेलमा हार व्यहोरेको छ भने ३ खेलमा मात्रै जीत हात पारेको छ । ९ खेलबाट हैदरावादले ६ अंक बटुलेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्