आईपीएल क्रिकेटः दोस्रो सुपर ओभरमा मुम्बईलाई हराउँदै पञ्जाबको जित

  • ख-
  • ख+

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत किङ्स इलाभेन पन्जाबले सुपर ओभरमा मुम्बईलाई हराउँदै जित हासिल गरेको छ ।

आइतबार भएको खेलमा पन्जाबले मुम्बईलाई दोस्रो सुपर ओभरमा पराजित गरको हो ।

पहिलो सुपर ओभर बराबरी भएपछि खेल दोस्रो सुपर ओभरमा पुगेको थियो ।

दोस्रो सुपर ओभरमा मुम्बईद्धारा १२ रनको लक्ष्य पाएको पन्जाबले दुई बल बाँकी रहँदै १५ रन बनाएको थियो ।

पहिलो सुपर ओभरमा पन्जाबले दिएको ५ रनको लक्ष्य मुम्बईले पनि पाँच रन बनाए पछि सुपर ओभरको खेल पनि बराबरी भएको थियो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा मुम्बईले जितका लागि दिएको १७७ रनको लक्ष्य पछएको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो ।

पन्जाबका लागि केएल राहुलले अर्धशतकीय पारी खेले ५१ बल खेलेका उनले ७ चौका र ३ छक्काको सहयोगमा ७७ रन बनाउन सफल भए ।

त्यस्तै क्रिस गेल र निकोलस पुरानले समान २४–२४ रनको योगदान गरे । पन्जाबका लागि दीपक हुड्डाले २३ रन बनाए ।

बलिङतर्फ मुम्बईका लागि जस्प्रित भुम्राहाले सर्वाधिक तीन विकेट लिए । त्यस्तै राहुल चहारले दुई विकेट लिए ।

यसअघि सट जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो ।

मुम्बईका लागि क्विइन्टन डीककले अर्धशतकीय पारी खेले । ४३ बल खेलेका उनले ३ चौका र ३ छक्काको सहयोगमा ५३ रनको योगदान गरे ।

त्यस्तै कुनाल पाड्या र किरोन पोलार्डले समान ३४–३४ रनको योगदान गरे । मुम्बईका लागि नाथन कट्रेलले २४ रन बनाए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्