अजित पन्थको प्रमुख आतिथ्यतामा दोश्रो दरै कलर हाउस सेभेन ए साईड फुटवल प्रतियोगिता समापन

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । व्यास ५ चिन्तुटारमा सम्पन्न दाेस्राे दरै कलर हाउस 7A साइड फुटबलकाे उपाधि जिआर ईलेक्ट्राेनिक्स दमाैलीले हात पारेकाे छ । चिन्तुटार खेल मैदानमा सम्पन्न फाइनल खेलमा ड्रिम्स फाेटाे दमाैलीलाई २-१ मा पेनाल्टीमा हराउँदै जिआर ईलेक्ट्राेनिक्स दमाैली विजेता भएकाे हाे ।
उपाधिसंगै जिआरले रू २०,०००/- साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पारेकाे छ भने उपबिजेता ड्रिम्स फाेटाेले रू १२०००/- साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ ।
आयाेजक दरै कलर हाउसका प्राेपाईटर पदम दरैकाे अध्यक्षतामा आयाेजित पुरस्कार वितरण समाराेहमा एलायन्स क्लव अफ तनहुँका अध्यक्ष अजित पन्थले बिजेता खेलाडीलाई पुरस्कार हस्तान्तरण गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्