दमौलीको देउराली नगरमा प्रथम नमस्ते देउराली पुरुष भलिवल प्रतियोगिता शुरु

माधब पौडेल
  • ख-
  • ख+

६ माघ । तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं. ३ देउराली नगरमा प्रथम नमस्ते देउराली कप २०८० भलिबल प्रतियोगिता शुरु भएको छ । उक्त प्रतियोगिताको आज एक कार्यक्रमका बिच व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गर्नुभएको छ । क्लबका अध्यक्ष तिलबहादुर थापाको सभापतित्वमा भएको उत्तः प्रतियोगिताको उद्घाटन समारोहमा व्यास ३ का अध्यक्ष अनुप राना बिशेष अतिथि, जिल्ला भलिवल संघ तनहुँका महासचिव अशोक गिरी अतिथिको रुपमा सहभागी हुनुभएको थियो ।
कार्यक्रमको संचालन स्वतन्त्र कुमार सोतीले गर्नुभएको थियो ।
खेल संयोजक आनन आले र लक्ष्मण गुरुगं रहनुभएको प्रतियोगिताको उद्घाटन दिनको खेलमा मित्रता युवा क्लब, कोईदिम युवा क्लब , लागंघाली युथ क्लब विजयी भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्