दमौलीको देउराली नगरमा संचालित नमस्ते देउराली कपको पहिलो चरणको खेल सम्पन्न

सर्वज्योति
  • ख-
  • ख+

७ माघ । तनहुँ । ब्यास नगरपालिका वडा नं. ३ देउराली नगरमा शुक्रबार देखि सुरु प्रथम नमस्ते देउराली कप को खुल्ला साबिक वडा तथा टोलस्तरीय पुरुष भलिबल प्रतियोगिताको आइतबार प्रथम चरणका खेल सम्पन्न भएका छन् ।
आइतबार सम्पन्न सात खेलमा धनबास युवा क्लब, सिद्ध बाबा युवा क्लब, घिरिङ किरिया, रिसिङ युवा कल्याण, हिमचुली देबघाट,ठकुरी दर्शन युवा क्लब म्याग्दे बिजयी भएका छन् ।
सोमबारदेखि दोस्रो चरणको खेल सुरु हुने खेल सयोजक आनन्द आलेले जानकारी दिनुभएको छ ।
कुल ३५ टिम सहभागी प्रतियोगिताको हाल सम्म १८ खेल सम्पन्न भएका छन् । प्रतियोगिताका बिजेता र उप बिजेताले क्रमश ४० हजार, २० हजार र १० हजार रुपैया पुरस्कार राशी सहितको पुरस्कार प्राप्त गर्ने आयोजकले जानकारी दिनुभएको छ ।
खेल गतिविधि मार्फत पनि ब्यास भुमिको प्रबर्द्धन गर्न प्रतिमा निर्माण स्थलमा प्रतियोगिता आयोजना गरिएको क्लबका बरिष्ठ सल्लाहकार रबिन पौडेलले बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्