नमस्ते देउराली कपको फाइनल माघ १० गते बुधबार हुने

सर्वज्योति
  • ख-
  • ख+

९ माघ । तनहुँ ।  ब्यास ३ देउराली नगरमा शुक्रबार देखि जारी प्रथम नमस्ते देउराली कपको खुल्ला साबिक वडा तथा टोलस्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनल माघ १० बुधबार हुने भएको छ ।
प्रतियोगिताको क्वाटर फाइनलमा भोलि नै पहिलो खेल घिरिङ किटिया र शुक्ला १२ बाबिया बीच तथा दोश्रो रिशिङ समाज भिरकोट तथा रिशिङ समाज रिशिङ ६ बीच प्रतिस्पर्धा हुने र बिजयी बीच फाइनल हुने खेल संयोजक आनन्द आलेले जानकारी दिनुभयो ।
नक आउट नियममा खेलाइएको प्रतियोगितामा ३५ टिमको सहभागिता र दर्शकको पनि उल्लेख सहभागिताले उत्साही बनाएको आयोजक क्लबका अध्यक्ष तील बहादुर थापाले बताए । १०८ फुटको ब्यास प्रतिमा निर्माणस्थलमा प्रतियोगिता आयोजना गरि एक साथ दुई सन्देश दिन खोजिएको भन्दै क्लबका सल्लाहकार रबिन पौडेलले ब्यास क्षेत्र नेतृत्वको प्राथमिकतामा नपर्नु बिडम्बना भएको बताउनुभयो । प्रतियोगिताका बिजेता र उप बिजेताले क्रमश ४०हजार , २० हजार र १० हजार रुपैयाँ पुरस्कार राशी सहितको पुरस्कार प्राप्त गर्नेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्