त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लब आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि आज फाईनल खेल्दै

सर्वज्योति
  • ख-
  • ख+

पोखरा । सेमिफाइनलमा जावलाखेल युथ क्लबलाई १-० मा पराजित गरेको थ्रीस्टार क्लब  र सेमिफाइनलमा चर्च ब्वाइजलाई २-१ ले पराजित गरेको विभागीय टिम त्रिभुवन आर्मी बिच आज पोखरामा जारी आहा रारा पोखरा गोल्डकप फाईनल खेल हुने भएको छ । आहा रारा पोखरा कपमा यसअघि २०७५ सालमा सँगै भिडेका दुवै टिम बिच दिउँसो २ बजे पोखरा रंगशालामा फाईनल खेल हुनेछ ।

आहा रारा पोखरा गोल्डकप मा इतिहासमा थ्रीस्टार ६ पटक सहभागी भई ५ पटक  उपाधि जितिसकेको छ भने त्रिभुवन आर्मी क्लबको यो १५ औं सहभागिता हो । आर्मी यसअघि ४ पटक फाइनल पुगेर पनि उपविजेतामै सीमित भएको थियो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्