त्रिभुवन आर्मी क्लबले जित्यो २३ औं आहा रारा पोखरा गोल्डकपको उपाधी

सर्वज्योति
  • ख-
  • ख+

पोखरा । त्रिभुवन आर्मी क्लब थ्री स्टार क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब पहिलोपटक उपाधी जितेको छ । २३औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको पोखरा रंगशालामा आज भएको फाइनल खेलमा थ्री स्टार क्लबलाई ३(० ले पराजित गर्दै त्रिभुवन आर्मी क्लब पहिलोपटक च्याम्पियन बनेकोउपाधी जितेको  हो ।

यसअघि ४ पटकसम्म फाइनल पुगेर उपाधि जित्न नसकेको आर्मीको जितमा जिलेस्पी जंग कार्की, फत्तेमान घले र बसन्त जिम्बाले एक(एक गोल गरेका थिए । जिलेस्पीले खेलको ३८औं मिनेटमा गोल गर्दै आर्मीलाई पहिलो अग्रता दिलाएका थिए ।

आर्मीका फत्तेमान घलेले खेलको ८३ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । आर्मीका लागि अन्तिम समयमा बसन्त जिम्बाले तेस्रो गोल गरेका थिए ।
विजेता बनेको त्रिभुवन आर्मी क्लबले १२ लाख १ हजारसहित ट्रफी र फाइनलमा पराजित थ्री स्टारले ६ लाख १ हजार रुपैया प्राप्त गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्