बेलायती राजा चार्ल्सलाई क्यान्सर भएको पत्ता लाग्यो

सर्वज्योति
  • ख-
  • ख+

लन्डन — बेलायती राजा चार्ल्स तृतीयमा क्यान्सर देखिएको छ । ७५ वर्षीय राजाको उपचारका क्रममा क्यान्सर पत्ता लागेको जानकारी बकिङहम दरबारले सोमबार एक वक्तव्यमार्फत् सार्वजनिक गरेको हो । दरबारले सोमबारबाटै उनको उपचार सुरु भएको पनि जनाएको छ ।
प्रोस्टेट शल्यक्रिया गरि गत सातामात्र अस्पतालबाट डिस्चार्ज भएका राजा चार्ल्सलाई त्यही बेला क्यान्सर भएको पत्ता लागेको हो । तर कस्तो क्यान्सर भएको हो दरबारले खुलाएको छैन । उनलाई प्रोस्टेट क्यान्सर भने नभएको दरबारले स्पष्ट पारेको छ ।

राजा चार्ल्सले उपचार गरिरहँदा सार्वजनिक समारोहमा आफ्नो संलग्नता स्थगित गर्ने तर राज्यको कामलाई सामान्य रूपमा जारी राख्ने पनि बकिङहम प्यालेसले बताएको छ ।

राजा चार्ल्सले आफ्नो स्वास्थ्य अवस्थाबारे छोराहरू प्रिन्स विलियम, प्रिन्स ह्यारी र भाइबहिनीहरू राजकुमारी एनी, प्रिन्स एन्ड्र्यू र प्रिन्स एडवर्डलाई जानकारी गराएका बीबीसीले जनाएको छ । अमेरिकामा रहेका कान्छा छोरा प्रिन्स ह्यारीले बुबासँग बोलिसकेका र छिट्टै बेलायत आउने जनाइएको छ ।
बेलायती प्रधानमन्त्री ऋृषि सुनक, विपक्षी लेबर पार्टीका नेता केर स्टार्मरलगायतले राजाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । अन्य बेलायती राजनीतिज्ञ र सेलिब्रेटीहरुले पनि उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले राजाको खबर सुनेर आफू चिन्तितु भएको बताएका छन्। पत्रकारहरूले सोधेको एक प्रश्नमा बाइडेनले भनेका छन्, हो, म उहाँको स्वास्थ्यबारेमा चिन्तित छु। आशा छ म उहाँसँग छिट्टै कुरा गर्नेछु ।

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले एक्सु मा लेखेका छन्, म, देशभरका क्यानाडाली र संसारभरका मानिसहरू जस्तै राजा चार्ल्सको बारेमा सोच्दै छु किनकि उहाँ क्यान्सरको उपचार गराइरहनु भएको छ ।’ उनले अगाडि भनेका छन्, ’हामी उहाँलाई धेरै शुभकामना पठाउँदैछौं र छिटो र पूर्ण स्वास्थ्यलाभको आशा गर्दछौं ।

क्यानाडा राष्ट्रमण्डल सदस्य हो र राजा यसको राष्ट्र प्रमुख छन् ।

उता, अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले पनि राजा चार्ल्सको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । हामी आशा गर्दछौं कि राजा चार्ल्सको शीघ्र स्वास्थ्य लाभ होस् र सकेसम्म चाँडो आफ्नो जिम्मेवारीमा फर्कनुहोस् । क्यानाडा जस्तै, अष्ट्रेलिया पनि राष्ट्रमण्डल सदस्य हो जसको प्रमुख राजा चार्ल्स छन् ।

बेलायतमा दुई मध्ये एक जनालाई आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको क्यान्सर हुने बताइएको छ ।

बेलायतको स्वास्थ्य सेवा नेशनल हेल्थ सर्भिस् (एनएचएस)  का अनुसार क्यान्सरका २०० बढी प्रकार छन् जसमा स्तन, फोक्सो, प्रोस्टेट र आन्द्राको क्यान्सर बढी हुन्छ ।
(एजेन्सी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्