क्रिकेटर देव खनालले प्राप्त गरे वर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । वर्षका उत्कृष्ट युवा खेलाडीको अवार्ड नेपाली यु–१९ क्रिकेट टोलीका कप्तान देव खनालले जितेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले २०औं एनएसएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा वर्षका उत्कृष्ट युवा खेलाडीको अवार्ड खनालले जितेका हुन् ।

बक्सिङकी सुष्मा तामाङ र एथलेटिक्सकी राममाया बुढालाई पछि पार्दै खनालले अवार्ड जितेका हुन् । पल्सर स्पोर्ट्स अवार्ड २०७९ को पारा एथलिट अवार्डबाट मैया बिशुंखे सम्मानित भएकी छन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्