हैरान्स क्लबको आयोजनामा दमौलीमा बास्केटवल प्रतियोगिता शुरु

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । हैरान्स क्लबको आयोजनामा तनहुँको दमौलीमा बास्केटवल प्रतियोगिता शुरुभएको छ । विभिन्न प्रतियोगिताहरु आयोजना गरिरहेको दमौली बजारको हैरान्स् क्लबको आयोजनामा अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको आयोजना भएको हो ।
उक्त प्रतियोगिताको आज एक कार्यक्रमका बिच व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्योपनेले उद्घाटन गर्नुभएको हो । उक्त अवसरमा बोल्दै नगर प्रमुख न्यौपानेले सबै खेलसग सम्बन्धित खेलाडी र सबै क्षेत्रलाई समेटेर नगरपालिकाले कार्यक्रम ल्याउने भनाई व्यक्त गर्नुभएको थियो ।
क्लबका अध्यक्ष रविन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका खेल सम्बन्धि विभिन्न संघसंस्थाका पदाधिकारहिरुको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्