५ फागुन। तनहुँ । तनहुँ दमौलीको हैरान्स् क्लबले आयोजना गरेको अन्तरर विद्यालय बास्केवट प्रतियोगितामा छात्रमा दमौली बजारकै सत्यवति मा.वि. प्रथम भएको छ । सत्यवति मा.वि.ले दमौली बजारका बाराही बोर्डिग स्कुललाई पराजित गरि प्रथम भएको हो । त्यसैगरि छात्रामा दमौली कै पराशर कलेज प्रथम भएको छ । उक्त कलेजले बाराही कलेजका छात्रा टिमलाई पराजित गरि प्रथम हुन सफल भएको हो ।
विजेता तथा उपविजेताहरुलाई व्यास नगरपालिका वडा नं. २ का अध्यक्ष काशीराम श्रेष्ठ र क्लबका अध्यक्ष रविन पौडेलले रनिङ्ग शिल्ड, मेडल, प्रमाणपत्र तथा अन्य पुरस्कारहरु गर्नुभएको थियो ।