नेपालले एसिया कप छनोट र ट्वान्टी–२० विश्वकपको तयारी भारतमा गर्ने

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौँ । नेपालले एसिया कप छनोट र ट्वान्टी–२० विश्वकपको तयारी भारतमा गर्ने भएको छ । नेपाल क्रिकेट संघ ९क्यान० ले सोमबार जनाएअनुसार नेपालले गुजरातको भापीमा बरोदा क्रिकेट संघ र गुजरात क्रिकेट संघसँग तीन टोलीसम्मिलित ट्वान्टी–२० प्रतियोगिता खेल्ने छ ।
साई मेघपान स्पोर्ट्सलाइफमा हुने प्रतियोगिता मार्च ३१ देखि अप्रिल ७ सम्म चल्ने छ ।

फ्रेन्डसिप कप नाम दिइएको प्रतियोगितामा प्रतिस्पर्धी तीन टोलीले एकअर्कासँग २–२ खेल खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् ।

नेपालले यो प्रतियोगितालाई एसिया कप छनोट र ट्वान्टी–२० विश्वकप तयारीका रूपमा लिएको छ । एसिया कपको छनोट आधार रहेको एसीसी प्रिमियर कप अप्रिल १० देखि ओमान हुँदै छ । नेपालले जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने ट्वान्टी–२० विश्वकपमा प्रतिस्पर्धा गर्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्