अजितकुमार यादवले जिते रोटर्‍याक्टको सचिन स्मृति दौडको उपाधि

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । रोटर्‍याक्ट क्लब अफ दमौलीको आयोजनामा भएको २१औ स्वर्गीय रोटरियन सचिन स्मृति खुल्ला दौड प्रतियोगिताको उपाधि काठमाडौका अजितकुमार यादवले जितेका छन् ।

शनिबार व्यास नगरपालिका ३ अनसनचोक दमौलीदेखि व्यास नगरपालिका वडा नं. १४ छाब्दी मन्दिरसम्मको ९ किमी दूरी २८ मिनेट १८ सेकेण्डमा पार गर्दै यादवले उपाधि जितेको क्लबका अध्यक्ष अनुज बिमलीले जानकारी दिए ।

यस्तै प्रतियोगितामा उक्त दूरी २८ मिनेट २९ सेकेण्डमा पार गर्दै गोरखाका दिनेशसिंह बोगटी द्वितीय भएका छन् । त्यस्तै सिन्धुपाल्चोकका मिङ्मारसिंह तामाङ तृतीय भएका छन् । उनले उक्त दूरी २९ मिनेट १८ सेकेण्डमा पूरा गरेका हुन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु १५ हजार, रु १२ हजार र रु ८ हजार नगद पुरस्कार प्रदान गरिएको क्लवका अध्यक्ष अनुज विमलीले जानकारी दिए । उनीहरुले नगदसहित प्रमाणपत्र र मेडल समेत पाएका छन् ।

यस्तै महिला तर्फ चेतना कटुवाल प्रथम भएकी छिन । उनले २ हजार नगद सहित, मेडल र प्रमाणपत्र प्राप्त गरिन । यस्तै बाल धावकतर्फ ११ वार्षिय कृतिक घर्ति र विवेक रानाभाट पुरस्कृत भएका छन् । उनीहरुले नगद एक-एक हजार र प्रमाणपत्र पाएका छन् ।

सो प्रतियोगितामा कुल ८२ जनाको सहभागिता रहेको कार्यक्रम संयोजक यम बतासले जानकारी दिए । जसमा ६६ जना पुरुष र १६ जना महिला सहभागी थिए । साथै उनीहरु मध्ये १० जना विदेशी समेत रहेको संयोजक बतासले बताए ।

कार्यक्रमको उद्घाटन व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले गरेका थिए । सो अवसरमा नगरप्रमुख न्यौपानेले खेलकुदको क्षेत्रमा युवाहरु जोडिएर कार्यक्रम गर्नु प्रसंशनीय कार्य भएको बताए ।

यस्तै समापन कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम रहेका थिए । सो अवसरमा प्रजिअ गौतमले खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने बताए ।

क्लबका संस्थापक सह(सचिव स्व. सचिन कुमार श्रेष्ठको स्मृतिमा क्लबले हरेक वर्ष दौड प्रतियोगिता आयोजना गर्दै आएको छ । क्लवको कार्यक्रममा सहभागी हुन भारतको कलकत्ता जाने क्रममा श्रेष्ठको बस दुर्घटनामा परी मृत्यु भएको थियो ।

क्लबले उनै सचिनको सम्झनामा देशव्यापी रक्तदान कार्यक्रम समेत गर्दै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्