हत्या, बलात्कार वा आत्महत्या

बाबुराम नेपाली
  • ख-
  • ख+

चित्रः पवन नेपाली

१३ वर्षिय बालिका रहस्यमय तरिकाले पासो लगाएर झुण्डिएको अवस्थामा भेटियो । उनलाई हत्या गरेर झुण्ड्याइएको हुनसक्छ , बलात्कार गरी हत्या गरेर झुण्ड्याइएको पनि हुनसक्छ वा उनले आत्महत्या गरेको पनि हुनसक्छ । अनुसन्धान हुँदैछ पक्कै तथ्य बाहिर आउनेछ । घटनामा सँग नजिक भएका व्यक्ति हरुलाई प्रहरीले गिरफ्तार गरेर हिरासतमा लिइसकेको अवस्था छ । निर्मला वा भागिरथीको जस्तो दोषी पहिचान गर्नै नसकिने जस्तो अवस्था छैन । दोषीले हदैसम्मको सजाय पाउनु पर्छ । त्यसको लागि जसरी खबरदारी गरिएको छ त्यो अत्यन्तै सराहनीय छ । पुर्ण विवरण नआई हत्या, बलात्कार वा आत्महत्या घोषणा गर्नु अलि हतार हुनसक्छ ।
भौतिक रुपमा सुसाइड नोट लेखेर नै आत्महत्या गरेको भएता पनि प्रस्तुत घटना मानसिक बलात्कार र हत्या नै हो भन्ने कुरामा कुनै शंका छैन । शिशु अवस्थामा भएको घरायसी झगडाले उनको शैशवकालको हत्या गरिएको छ । समाज तथा शिक्षण संस्थामा भएका नकारात्मक व्यवहारले उनको किशोरावस्थाको हत्या गरिएको छ । यदि उनले आफैले पासो लगाएको हो भने पनि आत्महत्या दुरुत्साहनमा सम्बन्धित सबैले सजायको भागीदार हुनुपर्छ ।
हाम्रो सामाजिक संरचाना र समाजको अधिकांस व्यक्तिहरुले यौन तथा त्यसमा सहभागीलाई हेर्ने लिङ्गिय दृष्टिकोणको कारणले धेरैजसो यौन दुर्ववहार र बलात्कारको घटनहरु बाहिर आउँदैनन जति आएका छन् कि त हत्या भएपछि आएका छन् कि त पिडितको आत्मबल निकै ठुलो भएको कारण आएका छन् । त्यसरी हिम्मत बटुलेर आवाज उठाउनेहरुलाई उल्टै नकारात्मक दृष्टिकोणले हेरेर फेरि डिप्रेसनमा पुर्‍याएर आत्महत्या गराउन बाध्य पार्ने समाज छ हाम्रो । हामीले घटनाको गाम्भिर्यतालाई बुझ्ने कोशिस कहिल्यै गरेनौं । स्टारडम र प्रसिद्धिको आधारमा पिडितलाई सामाजिक सन्जालभरी गाली र दुशब्द बमन गर्न कहिल्यै छोडेनौँ । हाम्रा दृष्टिमा समीक्षा , गौशाला २६, मिना भट्टराई , शर्मिला श्रेष्ठ नै सधैं दोषी देखिन्छन् किनकि उनीहरुलाई जस जसले शिकार बनाए ती सबै पितृसत्तात्मक समाजका उत्कृष्ट कहलाउन सफल भएका व्यक्तिहरु हुन् । आफ्नाले गरेको सबै ठिक आफुले मन पराएकाले जे गरे पनि सही त्यसमाथि पनि पुरुष पात्र सधैं सही ठान्ने हाम्रो मानसिकतामा परिवर्तन नआउन्जेलसम्म यस्ता किसिमका जघन्य अपराधहरु घटिरहनेछ्न ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्