व्यास १० डिहिगाउँमा फागुन २५ गते छेलो प्रतियोगिता हुदै

माधब पौडेल
  • ख-
  • ख+

तनहुँ । व्यास नगरपालिका वडा नं. १० डिहिगाउँमा शिवरात्रीको अवसरमा छेलो प्रतियोगिता हुन गईरहेको छ । उक्त्त स्थानमा रहेको अनन्त युवा क्लबको आयोजनमा फागनु २५ गते छेलो प्रतियोगिता हुन लागेको हो ।
नेपालीहरुमाझ निकै प्रख्यात रहेको छेलो खेल ओझेलमा पर्न लागेको हुनाले उक्त प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका कोषाध्यक्ष राजेन्द्र मिश्रले जानकारी दिनुभएको छ साथै विहान १० बजेदेखि १ बजेसम्म हुने उक्त प्रतियोगितामा प्रथम हुनेलाई ३ हजार, दोश्रो हुनेलाई २ हजार र तेश्रो हुनेलाई एक हजार रुपैया पुरस्कार हौशला स्वरुप प्रदान गरिने पनि क्लबका कोषाध्यक्ष मिश्रले जानकारी दिनुभएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्